default_image

6 years ago

December 12, 2019

ए डिभिजनलाई कतार एयरवेजको मुख्य प्रायोजन

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार एयरवेजसँगको सम्झौताबारे जानकारी दिएको हो ।

सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई एक लाख पचास हजार अमेरिकी डलर प्रदान गर्ने छ । चरणमा ९० हजार र दोस्रो चरणमा ६० हजार अमेरिकी डलर प्रदान गर्ने छ । यसवापत एन्फाले हरेक सहभागी टोलीको जर्सीमा कतार एयरवेजको लोगो अंकित प्याच लगाउनुपर्ने, लिगको नामको अगाडी प्रायोजकको नाम राख्नुपर्ने लगायत अन्य प्रचार प्रसारको कार्यमा सहयोग गर्नुपर्ने उल्लेख छ ।

मंसिर २८ देखि सुरु हुने ए डिभिजन लिगमा कुल १४ क्लबको सहभागिता रहने छ । नियमअनुसार लिगको पुछारमा रहने एक टोली घटुवा हुने छ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फाले जनाएको छ । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०-२० लाख प्रदान गर्ने छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रुपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५-१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ ।

एन्फाले यसअघि रामसार मिडिया र एपीवन टेलिभिजनसँग गरिएको ३ वर्षे प्रसारण र मार्केटिङ सम्झौता आपसी समझदारीमा खारेज गरिएको जानकारी दिएको छ । यससँगै प्रसारण अधिकारबारे पनि नयाँ टेलिभिजनसँग छलफल जारी रहेको एन्फाले जनाएको छ ।

लिगको खेल हेर्न दर्शकले साधारण प्याराफिटतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यसपटक देखि दर्शकहरुको प्रवेशका निम्ति उत्तर गेटको मात्र प्रयोग गरिने एन्फाले जनाएको छ । लिगको उद्घाटन शनिबार दशरथ रंगशालामा हुँदैछ । उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब आमनेसामने हुँदैछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.