default_image

6 years ago

December 13, 2019

मछिन्द्रमा राष्ट्रिय खेलाडीको बाहुल्यता, कप्तानमा विराज

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनको कप्तानीमा अत्यधिक संख्यामा राष्ट्रिय खेलाडी समेट्दै मछिन्द्रले ए डिभिजन लिगका लागि टोली घोषणा गरेको छ ।

विराजसँगै साग स्वर्ण पदका जित्ने यू-२३ टोलीका कप्तान सुजल श्रेष्ठ, यू-१९ टोलीका कप्तान रेजिन सुब्बा लगायत झन्डै एक दर्जन राष्ट्रिय टोलीका खेलाडी रहेका छन् प्रशिक्षकमा पूर्व खेलाडी तथा ए लाइसेन्स प्राप्त प्रवेश कटुवाल रहेका छन् । टोलीमा सागमा उत्कृष्ट प्रदर्शन अभिषेक रिजाल पनि रहेका छन् ।

यसबाहेक मिडफिल्डर विशाल राई, हेमन गुरुङ, योगेश गुरुङ तथा डिफेन्डर रंजित धिमाल, देवेन्द्र तामाङ, विजय धिमाल लगायत खेलाडी पनि छन् घरेलु फुटबलमा अनुभव बोकेका बुद्ध चेम्जोङ र दीपक राई पनि मछिन्द्रकै जर्सीमा देखिने छन् गोलरक्षकमा मनाङबाट गत सिजन खेलेका विशाल श्रेष्ठ र सूर्य अधिकारी रहेका छन् मनाङबाटै खेलेका विदेशी खेलाडी आदेलाजा सोमीडे र थ्री स्टारबाट खेलेका पिटर सेगुन पनि मछिन्द्रमा छन् प्रशिक्षक प्रवेश कटुवालले स्टार खेलाडीहरु टोलीमा रहेपनि टोलीको सन्तुलनमा असर नपर्ने गरि टोलीको छनोट हुने बताए

क्लबले यस लिग सिजनका लागि झन्डै साढे २ करोड खर्च हुने अनुमान गरको छ जसमध्य करिब १ करोड खेलाडी अनुबन्धनमा खर्च गरिएको क्लबले जानेको छ क्लबलाई सान मिगेलले मुख्य प्रायोजन गरेको छ क्लबले एक वर्षका लागि सम्झौता गरेको छ ।  यससँगै केल्मी, पेपे पिजा, ३६१ डिग्री लगायत संस्थाले पनि क्लबलाई साथ दिनेछन्

खेलाडीको नामावली :

अभिषेक रिजाल

विजय धिमाल

विराज महर्जन

विश्रल राई

विशाल श्रेष्ठ

बुद्ध चेम्जोङ

देवेन्द्र तामाङ

दीपक राई

हेमन गुरुङ

रेजिन सुब्बा

रन्जित धिमाल

सुजल श्रेष्ठ

सूर्य अधिकारी

योगेश गुरुङ

पिटर सेगुन

आदेलाजा सोमीडे

आन्द्रेस निया

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.