6 years ago
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा नेपाल निलो र जापान फुटबल लिगको यू-२२ टोलीबीचको मैत्रीपूर्ण खेलमा जापानी टोली ४-० ले विजयी भएको छ ।

खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थपेको थियो । मासाहिको सुगिताको गोलमा जापानले अग्रता लिएको थियो । ४९ औं मिनेटमा उनैले अग्रता दोब्बर पारे । सतोशी सुनोमाताले गोल गर्दै जापानी टोलीको अग्रता फराकिलो पारे । तोशिकी सासाकीले ७४ औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।
हाल राष्ट्रिय टोलीमा नरहेका खेलाडी समेटेर बनाइएको नेपाल निलो टोलीको कप्तानी भोला सिलवालले गरेका थिए । मेघराज केसी प्रशिक्षक रहेको टोलीमा गोलरक्षक अर्पण कार्की रहेका थिए । डिफेन्समा अजित भण्डारी, विजय धिमाल र छिरिङ गुरुङ खेलेका थिए ।
मिडफिल्डर हेमन्त थापामगर, रुपेश केसी, लक्ष्मण रुचाल र सुवास गुरुङ रहेका थिए । आक्रमणमा सुमन लामा र रवी पासवान थिए । दोस्रो हाफमा मनिष थापा, प्रकाश बुढाथोकी र बुद्ध चेम्जोङ वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।
जापानी टोलीले अब दोस्रो मैत्रीपूर्ण खेलमा लिग च्याम्पियन मनाङको सामना गर्नेछ । त्यसअघि ए डिभिजन लिगको पहिलो खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) खेल्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]