6 years ago
December 13, 2019
एजेन्सी – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा पर्सिजाले मधुरा युनाइटेडमाथि ४–० को फराकिलो जित निकालेको हो ।

पर्सिजाको जितमा मार्काे सिमिकले ह्याट्रिक पुरा गर्दा लेस्टालुहुले एक गोल थपे । सिमिकले तीनै गोल पेनाल्टीमार्फत गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको २१औं मिनेटमा सिमिकले पेनाल्टीमार्फ गोल गर्दै पर्सिजालाई अग्रता दिलाए । २६औं मिनेटमा लेस्टालुहुले गोल गर्दै अग्रता दोब्बर पारे । २९औं मिनेट सिमिमले पुन पेनाल्टीमा गोल गरेपछि पर्सिजाले खेलमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सिमिकले पुनः पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पर्सिजाले पहिलो हाफमा ४–० को सहज जिततर्फ अग्रसर बन्यो ।
दोस्रो हाफमा दुवै टोलीले केही गोलको अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफको ४ गोल नै पीएसजीको जितमा पर्याप्त बन्यो । रोहितले पुरै समय मैदानमा बिताएका थिए ।
जितसँगै अघिल्लो वर्षको च्याम्पियन पर्सिजाले ३२ खेलबाट ४१ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित मधुरा ४७ अंकसहित पाँचौ स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]