default_image

6 years ago

December 13, 2019

एन्फाद्वारा चार खेलाडीमाथि कडा कारवाही!

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत महिना अनुशासनको उल्लंघन गरेको कारण निलम्बनमा राखेको ४ खेलाडीलाई कडा कारवाही गरेको छ ।

एन्फाले विमल घर्तिमगर र दिनेश राजवंशीलाई ९० दिन निलम्बन गरेको छ भने अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिने निलम्बन कारवाही गरेको हो । कारवाहीको मिति आजको दिनदेखि लागु हुनेछ । सबै खेलाडीले ५० हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने भएको छ ।

यससँगै अन्जन र सन्तोषले अब लिगको सुरुवाती डेढ महिनाको खेलमा सहभागिता जनाउन पाउने छैनन् । अन्जन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीका प्रमुख खेलाडी हुन् भने सन्तोषले आर्मीको मिडफिल्ड सम्हाल्दै आएका छन् । दुवै खेलाडीले लिगको अन्तिम ४ खेल मात्र खेल्न पाउनेछन् ।

दिनेशले भने अझै ३ महिना लिगको खेलमा सहभागी हुने छैनन् । यसको मतलब दीनेशले लिगका सम्पूर्ण खेलहरु गुमाउने भएका छन् । उनले यसै सिजन मात्र थ्री स्टार छोडेर च्यासलसँग अनुबन्धन गरेका थिए । उनले यसै महिना सम्पन्न चन्द्रागिरी गोल्डकप पनि खेलेका थिए ।

विमलको हकमा भने उनी माल्दिभ्सको लिग खेलिरहेका कारण एन्फा अन्तर्गत प्रतियोगितामा मात्र कारवाही हुनेछ । यसबीचमा राष्ट्रिय टोली अथवा अन्य कुनै प्रतियोगिता भएको खण्डमा विमल सहभागी हुने छैनन् । विमलले पछिल्लो समय माल्दिभ्सको शीर्ष डिभिजनको क्लब टीसी स्पोर्ट्सबाट खेल्दै आएका छन् ।

*यसअघि एन्फाले आफ्नो आधिकारी वेबसाइटमा घटना भएको मितिदेखि कारवाही लागु हुने भनेपनि निर्णय परिवर्तन गर्दै आजको मितिदेखि कारवाही दिन गणना हुने जनाएको छ ।*

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.