default_image

6 years ago

December 15, 2019

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

141 views

0 Bookmark

एजेन्सी – अग्रता जोगाउन नसक्दा स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु टोली रियल सोसिडाडसँग २–२ गोलको बराबरीमा रोकिएको हो । 

रियल सोसिडाडका मिकेल ओरेजावल र एलेक्सजेन्डर इसाकले तथा बार्सिलोनाका एन्टोइन ग्रिजमनले र लुइस सुआरेजले गोल गरेपनि जित निकाल्न सकेनन् ।

खेलको १२औं मिनेटमा पेनाल्टी गोलबाट ओरेजवालको गोलबाट घरेलु टोली खेलमा अघि बढेको थियो । ३८औं मिनेटमा एन्टोइन ग्रिजमनले लुइस सुआरेजको पासमा गोल गरेपछि पहिलो हाफमा १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफमा शुरुमै बार्सिलोनाले खेलमा २–१ को अग्रता लिन सफल भयो । ४९औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा सुआरेजले गोल गरेका थिए ।  ६२औं मिनेटमा इसाकले बराबरी गोल फर्काएपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा फराकिलो अग्रता लिने मौका गुमाएको छ । बार्सिलोनाको १६ खेलबाट ३५ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रियल मड्रिडको ३४ अंक छ । २८ अंक जोडेको रियल सोसिडाड पाँचौ स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.