default_image

6 years ago

December 15, 2019

जापानी टोलीसँग मनाङको हार

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब जापानको चौथो श्रेणीको लिगका खेलाडी सम्मिलित यू-२२ टोलीसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा जापानी टोलीले ३-० को जित दर्ता गरेको हो । खेलको २८ औं मिनेटमा जापानी टोलीले जिन सोइयाको गोलमा अग्रता बनाएको थियो । जिनले नै ३४ औं मिनेटमा गोल गर्दै जापानी टोलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २ गोलले पछाडी परेको मनाङले दोस्रो हाफमा पुनरागमन गर्न सकेन । खेलको ३ मिनेट समय बाँकी रहँदा जापानी टोलीका लागि मासाहिको सुगिताले गोल गर्दै सहज जित पक्का गरे ।

यससँगै जापानी टोलीको नेपाल भ्रमण पनि सकिएको छ । शुक्रबार नेपाल निलोलाई ४-० ले हराएको जापानी टोलीले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । मनाङले भने अब यस खेलसँगै लिगको तयारी पूरा गरेको छ । मनाङले लिगको पहिलो खेलमा एपीएफको सामना गर्नेछ । खेल बुधबार दिउँसो २:३० बजे दशरथ रंगशालामा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.