default_image

6 years ago

December 15, 2019

दुई ह्याट्रिकसँगै आर्मी ९-० ले विजयी

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुवै फरवार्डले ह्याट्रिक गरेपछि त्रिभुवन आर्मी क्लबले सातौं प्रधानसेनापति महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नं १ माथि ९-० को फराकिलो जित दर्ता गरेको छ ।

आर्मीको जितमा रश्मीकुमारी घिसिङ र शर्मिला थापामगरले ह्याट्रिक गर्नुका साथै विमला चौधरीले २ तथा सपना लामाले १ गोल गरिन् पहिलो हाफमा ५-० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा ४ गोल थपेको थियो कमजोर प्रदेश १ माथि आर्मीले दोस्रो मिनेटमा नै गोल गर्दै दवाव बनाएको थियो

रश्मीले गोलको खाता खोलेपछि शर्मिलाले ३ मिनेटको अन्तरमा २ गोल गरिन् । उनले सातौं र दशौँ मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि लगातार गोल गर्ने अवसरमा चुकेको आर्मीले ४२ औं मिनेटमा सपना लामाको गोलमा अग्रता बढायो । विमला चौधरीले ४५ औं मिनेटमा गोल गर्दै पहिलो हाफको स्कोर ५-० बनाइन् ।

दोस्रो हाफमा पनि आर्मी यसै रोकिएन ५८ औं मिनेटमा शर्मिलाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् ६५ औं मिनेटमा रश्मीले दोस्रो गोल गर्दा विमलाले ७४ औं मिनेटमा विमलाले पनि गोल थपिन् खेलको ७ मिनेट बाँकी रहँदा रश्मीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । आर्मीकी अनुभवी फरवार्ड शर्मिला खेलको प्लेयर अफ द म्याच भइन् ।

वर्षेनी हुँदै आएको प्रधानसेनापति कपमा यसपटक २ विदेशीसहित कुल ८ टोलीको सहभागिता रहेको छ आर्मीले समूह ए मा विजयी सुरुवात गर्दै ३ अंक जोडेको छ यसै समूहमा एपीएफ र सिक्किम पनि रहेका छन् अर्को समूहमा नेपाल पुलिस क्लब, भुटान, प्रदेश २ र प्रदेश ५ रहेका छन् शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.