default_image

4 years ago

December 15, 2019

फ्रेन्डसका खेलाडीलाई जर्सी हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको एनआइबिएल फ्रेन्डस् क्लबले आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई आइतबार खेल सामग्री हस्तानतरण गरेको छ । क्लबले आफ्नै भवन कुपन्डोलमा एक कार्यक्रमका बीच सबै खेलाडीलाई खेल सामग्री (जर्सी) हस्तान्तरण गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्लबका अध्यक्ष राजीव पौडेलले टिमका कप्तान सरोज […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको एनआइबिएल फ्रेन्डस् क्लबले आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई आइतबार खेल सामग्री हस्तानतरण गरेको छ । क्लबले आफ्नै भवन कुपन्डोलमा एक कार्यक्रमका बीच सबै खेलाडीलाई खेल सामग्री (जर्सी) हस्तान्तरण गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्लबका अध्यक्ष राजीव पौडेलले टिमका कप्तान सरोज योन्जन र मुख्य प्रशिक्षक ब्राजिली मार्काेस फिलिपेलाई जर्सी हस्तान्तरण गरे । फ्रेन्डसले नयाँ सिजनको ‘ए’ डिभिजन लिगमा सोमबार विभागीय त्रिभुवन आर्मी क्लको सामना गर्दैछ । खेल दिउँसो २ः३० बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

फ्रेन्डस गतवर्ष मनाङलाई पराजित गर्ने एक्लो टोली हो । फ्रेन्डसले लिगको अन्तिम खेलमा१–० ले पराजित गर्दै अपराजित रहँदै लिग च्याम्पियन बन्ने मनाङको यात्रामा पुर्णविराम लगाएको थियो ।

फ्रेन्डस टोली

सरोज योन्जन (कप्तान), देव लिम्बु (गोलरक्षक), सोजत गुुरुङ (गोलरक्षक), शक्ति राई, प्रिजेन तामाङ, अशिम भुषाल, अनिल महर्जन, रुमेश बर्ताैला, सन्जोक महर्जन, राज कन्दङ्वा, फिलिपे ड साउजा, साउलो डि डिक्विनो, वाग्नर डि कार्माे, सुरज गुरुङ, निशेन सुब्बा, बिकास लामा, यदु सिलवाल, सनिष श्रेष्ठ, विशव अधिकारी, आशिष केसी र मनिष खड्का, मार्काेस फिलिपे (मुख्य प्रशिक्षक), शुक्र तामाङ (सहायक प्रशिक्षक), नवीना वैद्य (फिजियो) ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.