default_image

6 years ago

December 16, 2019

बेन्जेमाको गोलमा मड्रिड हारबाट जोगियो

146 views

0 Bookmark

एजेन्सी – फरवार्ड करिम बेन्जेमाले इन्ज्युरी समयमा गोल गरेपछि स्पेनिस महारथी रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । मड्रिड भ्यालेन्सियासँगको सम्भावित हारबाट जोगिएको हो । खेल १–१ गोलको बराबरीमा टुंगिएको हो ।

 

भ्यालेन्सियामा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि रियले ७८औं मिनेटमा गोल खान पुगेको थियो । भ्यालेन्सियाका कार्लाेस सोलेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

हारतर्फ उन्मुख रियलका लागि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सम्भावित हारबाट जोगाए ।

बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । रियल १६ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाको पनि समान ३५ अंक रहेपनि गोल अन्तरमा अघि छ । भ्यालेन्सिया २७ अंक जोडेर आठौं स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.