default_image

4 years ago

December 16, 2019

टोटेनहमको रोमाञ्चक जित, युनाइटेडको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले वल्भ्समाथि २–१ को रोमाञ्चक जित निकाल्दा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरीमा रोकिएको छ ।  वल्भ्सको घरेलु मैदान वेस्ट मिडल्यान्डमा आइतबार राति भएको खेलमा टोटेनहमको जितमा लुकास मोउरा र जान भर्टाेङहेनले गोल गरे । वल्भ्सका एडमाले गोल गरे । नवौं मिनेटमा लुकास मोउराको गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । […]

25 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले वल्भ्समाथि २–१ को रोमाञ्चक जित निकाल्दा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरीमा रोकिएको छ । 

वल्भ्सको घरेलु मैदान वेस्ट मिडल्यान्डमा आइतबार राति भएको खेलमा टोटेनहमको जितमा लुकास मोउरा र जान भर्टाेङहेनले गोल गरे । वल्भ्सका एडमाले गोल गरे ।

नवौं मिनेटमा लुकास मोउराको गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । ६७औं मिनेटमा एडमाले बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जानले गोल गर्दै टोटेनहमलाई २–१ को जित दिलाए ।

जितसँगै टोटेनहम २६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । वल्भ्स २४ अंकसहित आठौं स्थानमा छ ।

यता, म्यानचेस्टर युनाइटेड सम्भावित हारबाट जोगिएको छ । युनाइटेडले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो । ओल्ड ट्राफोर्डमा खेलको ३६औं मिनेटमा लिन्डलफको आत्मघाती गोलबाट युनाइटेड खेलमा पछि परेको थियो । ७७औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै युनाइटेड २५ अंकसहित छैटौं स्थानमा छ । एभर्टन १८ अंक जोडेर १६औं स्थानमा छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.