default_image

6 years ago

December 16, 2019

कारवाही घटाउन विमलसहित ४ खेलाडीको अपिल

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अनुशासन उल्लघंन गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को कारवाहीमा परेका विमल घर्तीमगरसहितका ४ खेलाडीले कारवाही घटाउन माग गर्दै एन्फाको अपिल कमिटीमा निवेदन दिएका छन् ।

एन्फाले शुक्रबार विमल र दीनेश राजवंशीलाई ९० दिन तथा अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिनको निलम्बनको कारवाही गरेको थियो । शुक्रबारदेखि नै कारवाही लागु हुने एन्फाको विज्ञप्तीमा उल्लेख छ । सबै जनालाई ५० हजार जरिवाना पनि तोकिएको थियो ।

चारै जनाले आफुहरुले गल्ति गरेको र त्यसको सजाय पनि भोगेको उल्लेख गर्दै सोमबार निवेदन दिएको एन्फा श्रोतले जनाएको छ । ‘अब यस्तो गल्ति दोहोराउँदैनौं । त्यसका लागि कारवाही घटाउँदै लिग खेल्न पाउ भन्ने आयश छ,’ श्रोतले भन्यो,‘ अब यो विषयमा अपिल कमिटीमा छलफल हुनेछ ।’

मंसिर ३ गते कुवेतसँगको विश्व कप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राती डिस्को गएर मादक पदार्थ सेवन गरेको भन्दा समाचार सार्वजनिक भएपछि एन्फाले कारवाही गरेको थियो । भुटानका लागि ४ खेलाडी एन्फा पुगेपनि कारवाही सुनेपछि उनीहरु घर फर्केका थिए ।

त्यसको निरन्तरताका रुपमा एन्फाले थप कारवाही गरको हो । एन्फाको कारवाहीमा यथावत रहेमा अन्जन र सन्तोषले कतार ऐयरवेज सहिद स्मारक ए डिभिजन लिगको सुरुवाती डेढ महिनाको खेल गुमाउनेछन् । अन्जन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दीका मुख्य खेलाडी हुन् । त्यस्तै सन्तोषले आर्मीको मिडफिल्ड सम्हाल्दै आएका छन् । दुवै खेलाडीले लिगको अन्तिम ४ खेल मात्र खेल्न पाउनेछन् ।

दीनेशले भने अझै ३ महिना लिगको खेलमा गुमाउनेछन् । त्यसको अर्थ उनले लिगका सबै खेल गुमाउनेछन् । उनी यहि सिजन रुस्लान थ्री स्टार क्लब छोडेर च्यासल युथ क्लबसँग अनुबन्धन गरेका थिए । उनले यसै महिना सम्पन्न चन्द्रागिरी गोल्डकप पनि खेलेका थिए ।

विमलको हकमा भने उनी माल्दिभ्सको लिग खेलिरहेका कारण एन्फा अन्तर्गत प्रतियोगितामा मात्र कारवाही हुनेछ । यसबीचमा राष्ट्रिय टोली अथवा अन्य कुनै प्रतियोगिता भएको खण्डमा विमल सहभागी हुने छैनन् । विमलले पछिल्लो समय माल्दिभ्सको शीर्ष डिभिजनको क्लब टीसी स्पोट्र्सबाट खेल्दै आएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.