9 years ago
June 28, 2016
पेरिस (एजेन्सी)-रो कपको राउण्ड अफ १६ मा इङ्ल्याण्डलाई हराउदै आइसल्याण्ड प्रतियोगिताको क्वाटर फाइनल पुगेको छ भने इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
इङ्ल्याण्डको अग्रतामा खेलमा पछी परेको आइसल्याण्डले खेलमा फर्किदै २-१ को नतिजाले आफ्नो प्रतिश्प्रधीलाई आश्चर्य पारेको हो ।
आइसल्याण्डका गोल किपरले रहिम स्टेर्लिङलाई लाडाउदा पाएको पेनाल्टीमा रुनीले गोल गर्दै इङ्ल्याण्डले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो तर त्यो अग्रताको खुशी छोटो समय सम्म मात्र टिक्न सक्यो । र्याग्नर सिगुर्डसनले लामो थ्रोबाट पाएको बललाई सदुपयोग गर्दै आइसल्याण्डलाई छैटौ मिनेटमा नै खेलमा फर्क्याए । त्यस्तै २०औ मिनेटमा कोल्बैन सिगोर्थ्सनको गोलमा आइसल्याण्डले खेलमा अग्रता लियो ।
दोस्रो हाल्फमा खेलमा फर्किने आशामा रोय हड्सनले विलशिएर र भार्डीलाई खेलमा ल्याए पनि इङ्ल्याण्डले बलियो मौका सिर्जना गर्न सकेन । खेलको अतिरिक्त समयमा भार्डी गोलको नजिक पुगे पनि स्टुरिजको पासमा गरेको हेडर ब्लक भएपछी इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]