default_image

4 years ago

December 22, 2019

एमबाप्पे र नेयमार चम्कदा पीएसजीको सानदार जित

एजेन्सी – स्टार खेलाडीहरु केलियन एमबाप्पे, नेयमार र मोउरो इकार्डीको प्रभावशाली प्रदर्शनमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ ।  पीएसजीले शनिबार राति घरेलु मैदानमा भएको खेलमा एमेइन्सलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र इकार्डीले सानज एक गोल गरे । […]

29 views

0 Bookmark

एजेन्सी – स्टार खेलाडीहरु केलियन एमबाप्पे, नेयमार र मोउरो इकार्डीको प्रभावशाली प्रदर्शनमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । 

पीएसजीले शनिबार राति घरेलु मैदानमा भएको खेलमा एमेइन्सलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र इकार्डीले सानज एक गोल गरे । एमेइन्सका स्टेभिन मेन्डोजाले सान्त्वना गोल फर्काए ।

पार्क दि प्रिन्सेस पेरिसमा खेलको १०औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएको थियो । ४७औं मिनेटमा इकार्डीको पासमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६५औं मिनेटमा एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७०औं मिनेटमा स्टिभिनले गोल गर्दै खेललाई ३–१ को अन्तरमा ल्याएका थिए । ८४औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै पीएसजीले शीर्षस्थानमा थप पकड बनाएको छ । पीएसजीको १८ खेलबाट ४५ अंक पुगेको छ । जुन एक खेल बढी खेलेको मार्सेलीको भन्दा ७ अंक बढी हो । एमेइन्स १७ अंकसहित १८औं स्थानमा छ ।

 

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.