default_image

4 years ago

December 25, 2019

पोग्बा भित्र्याउने युभेन्ट्सको तयारी

एजेन्सी – इटालियन च्याम्पियन युभेन्ट्सले फ्रान्स तथा आफ्ना पुर्व मिडफिल्डर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बालाई क्लबमा भित्र्याउने तयारी थालेको छ । यसका लागि युभेन्ट्सले पोग्बालाई टुरिनमा पुनः फर्काउन युनाईटेडसँग छलफल अघि बढाउने र पोग्बाका लागि ५२ मिलियन युरोसहित ईम्री क्यानलाई युनाइटेड पठाउन सकिने प्रस्ताव अघि सारेको छ । इटालियन पत्रिका टुट्टोका अनुसार पोग्बा ओल्ड […]

36 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्ट्सले फ्रान्स तथा आफ्ना पुर्व मिडफिल्डर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बालाई क्लबमा भित्र्याउने तयारी थालेको छ ।

यसका लागि युभेन्ट्सले पोग्बालाई टुरिनमा पुनः फर्काउन युनाईटेडसँग छलफल अघि बढाउने र पोग्बाका लागि ५२ मिलियन युरोसहित ईम्री क्यानलाई युनाइटेड पठाउन सकिने प्रस्ताव अघि सारेको छ ।

इटालियन पत्रिका टुट्टोका अनुसार पोग्बा ओल्ड ट्राफोर्ड छाड्न तयार रहेको र सिरी ए मा फर्कने विषयमा सकारात्मक छन् । सोही कारण युभेन्ट्स आगामी जनवरी विन्डोलाई पोग्बालाई क्लबमा फर्काउन चाहेको छ । पोग्वालाई स्पेनिस महारथी रियल मड्रिडले पनि चासो देखाइरहेको छ ।

पोग्बा चोट मुक्त हुँदै गत आइतबार युनाइटेडको खेलमा फर्किएका थिए । चोटका कारण करिब तीन महिना मैदान बाहिर रहेका पोग्वा दोस्रो हाफमा जेसे लिङ्गार्डको स्थानमा मैदान प्रवेश गर्दै खेलमा पूनरागमन गरेपनि युनाइटेड पुछारको टिम वाटफोर्डसंग २–० ले पराजित भएको थियो ।

फ्रान्सका मिडफिल्डरको युनाईटेडसँगको सम्झौता १८ महिनापछि सकिदैछ । सोही कारण नयाँ सम्झौता वा पोग्बा बेच्नुपर्ने दबाब युनाइटेडलाई रहेको छ । पोग्बा २०१६ मा यभेन्ट्सबाटै युनाइटेडमा कीर्तिमानी ९० मिलियन पाउन्डमा प्रिमियर लिग फर्किएका थिए ।

उनले इटालीमा रहँदा सिरी ‘ए’ का साथै दुई पटक कोपा इटालियाको उपाधि जित्न सफल भएका थियो । युनाइटेडमा रहंदा पोग्बाले युरोपा लिग र लिग कपको उपाधि जितेका छन् । उनले गत सिजन नै क्लब छाड्न चाहेपनि क्लबले उनको आग्रह अस्विकार गरको थियो ।

April 30, 2024

बेलबारी आदर्श च्यालेन्ज कप सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम क्वार्टरफाइनल मंगलबार इलामलाई बेलबारी एफसीले २–० ले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १४औं मिनेटमा विवेक पौडेलको क्रसपासमा […]

April 30, 2024

स्वीकृति नलिएका १५ जनालाई इङ्ल्यान्ड जान रोकिने

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणका लागि राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग जानकारी लिएका छन् । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका छन् । इङ्ल्यान्ड सीसँग दुई मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली […]

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]

Success

Thank you for your time.