default_image

6 years ago

January 8, 2020

लिगमा सन्तोषको सय गोल पूरा

187 views

0 Bookmark

प्रकाश तिमल्सिना,काठमाडौं

 च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल सहिद स्मारक ए डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । दशरथ रंगशालामा उनले बुधबार नेपाल पुलिस क्लबविरुद्ध १८ औं मिनेटमा गोल गर्दै लिगमा एक सयौं गोल पुरा गरेका हुन् । हेमन्त थापामगरको फ्रिकिकलाई विपक्षी गोलकिपरले राम्ररी नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका सन्तोषले वान टचमा बराबरी गोल गरेका थिए । त्यसअघि पाँचौं मिनेटमा निरकुमारको गोलबाट पुलिसले खेलमा अग्रता लिएको थियो । 

 

डेढ दशक अघिबाट लिग खेल्न सुरु गरेको सन्तोषले यो समेत दस वटा ए डिभिजन लिग खेलेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादका कारण बीच बीचमा लिग रोकिदा उनले सय गोल पुरा गर्न डेढ दशक भन्दा बढी कुर्नुपरेको थियो ।

लिगमा ५० गोल पुरा गर्नेमा सन्तोषसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडी बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ र जेविश पाण्डे छन् । सन्तोषले स्कुले जीवनदेखि ‘ए’ डिभिजन लिग खलेका थिए । सन्तोषले २०६० असार १० गते संकटाविरुद्धको ३–२ ले पराजित भएको लिगको खेलमा ‘डेब्यु’ गोल गरेका थिए । यस सिजन लिगमा सुरुवाती दुई खेलमा ३ गोल गर्दै सन्तोषले आफ्नो क्षमता देखाइसकेका थिए । पछिल्ला दुई खेलमा भने उनी गोल विहिन रहे ।

२०६० देखि ‘ए’ डिभिजन लिग खेल्न थालेको सन्तोषले डेढ दशकमा चार क्लबको जर्सी लगाए । च्यासल उनको चौथो क्लब हो । त्यसअघि रुस्लान थ्रीस्टार, एपीएफ र मनाङ मस्र्याङ्दि क्लबबाट नेपालको शीर्ष श्रेणीको लिग खेले ।

यो सिजन उनीसँग जोडिएको अर्को संयोग पनि छ । सहोदर दाजु बालगोपाल साहुखलले च्यासलको प्रशिक्षण सम्हालिरहँदा सन्तोष टोलीको कप्तान छन् । २०६० मा सँगै क्लब करियर सुरु गरेका भाइको खेलबाट दाई पनि खुसी छन् ।

‘समग्रमा यो लिगमा राम्रो प्रदर्शन गरिएको छ । दुई खेलमा तीन गोल गरिसकेको छ ,’ बालगोपालले भाईको बारेमा भनेका थिए,‘ नम्बर ९ अर्थात् स्ट्राइकरमा हुनुपर्ने क्षमता अहिले सन्तोषबाहेकको नेपाली खेलाडीमा देखिएको छैन ।’

पाँच वर्षदेखि जापान बस्दै आएका सन्तोष जापनमा एनपीओ रिलेमा खेलाडी र प्रशिक्षकका रूपमा कार्यरत छन् । उनको टिम एसएस इजु जापानको आठौं श्रेणीको लिग जे ८ मा खेल्छ । त्यसले पनि आफुलाई फिट रहन मद्दत गरेको सन्तोषले बताएका थिए ।

 

लिगमा सन्तोषको गोल

२०६० – (थ्री स्टार, ६ गोल)

२०६१ – (एपीएफ, ६ गोल)

२०६२ – (थ्री स्टार, ९ गोल)

२०६३ – (थ्री स्टार, ११ गोल)

२०६६–६७ – (थ्री स्टार, १९ गोल)

२०६८ – (मनाङ, १६ गोल)

२०६९ – (थ्री स्टार, १७ गोल)

२०७० – (थ्री स्टार, ९ गोल)

२०७५ – (च्यासल, ३ गोल) ५ खेल

२०७६ – (च्यासल, ४ गोल) खेल जारी

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.