default_image

4 years ago

December 27, 2019

फर्साटिकर कपमा भैरव एफसीको विजयी सुरुवात

28 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

सातौं फर्साटिकर कप फुटबल प्रतियोगिताको भैरव एफसीले विजयी सुरुवात गरेको छ । फर्साटिकर उच्च माविको मैदानमा भएको खेलमा भैरवले सालझण्डीको विश्व शान्ति युवा क्लबलाई ५–० ले हराएको छ ।

भैरव एफसीका लागि विनोद केवटले ह्याट्रिक गरे भने कप्तान रामबहादुर थापाले २ गोल गरे । विजयी टोलीका विनोद म्यान अफ दी म्याच घोषित भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही, नवलपरासी, चितवन र पाल्पाका गरी कुल १६ टोलीले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगितामा शनिबार पाल्पा ११ र सौराहा युवा समाज चितवका बीच प्रतिस्पर्धा हुने संयोजक भेषराज पौडेलले जानकारी दिए । शुदोधन गाउपालिकाका प्रमुख किसुनचन्द चौधरीले प्रतियोगिताको उद्घाटन गरे । शुद्धोदन गाउँपालिकाको मुख्य प्रायोजना रहने प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीले समान १६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जिल्लाका युवा खेलाडीको क्षमता र स्तर बृद्धिलाई थप उचाई प्रदान गर्न प्रतियोगिता फलदायी हुने अध्यक्ष कुँवरको दाबी छ । प्रतियोगिताको फाइनल पुस २६ गते हुने छ । शुदोधन गाँउपालिकका अध्यक्ष चौधरीले फर्साटिकर कप गाँउपालिकाको गहना भएको बताए ।

 

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.