default_image

6 years ago

December 28, 2019

अनन्तको गोलमा थ्री स्टारलाई अग्रता

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले नेपाल एपिएफ क्लबविरुद्ध कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

दशरथ रंगशालामा थ्री स्टारले रक्षक अनन्त तामाङको गोलमा खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो ।
मिक्छेन तामाङले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा अनन्तले हेड गोल गरेका थिए । सुमन श्रेष्ठलाई एपिएफका खेलाडीले फाउल गरेपछि थ्री स्टारले फ्रिकिक पाएको थियो ।

त्यसअघि एपिएफका प्रविण स्याङ्तानले प्रहारलाई थ्री स्टारका विदेशी गोलरक्षक प्रिसोले जोगाएका थिए । १० औं मिनेटमा थ्री स्टारका सुशील राईको पासमा हम्जाताको प्रहार पोष्ट नजिकबाट बाहिएको थियो ।

३०अाैं मिनेटमा मिक्छेनको कर्नरमा कप्तान विक्रम लामाको हेडर बाहिरियाे । ३६अौं मिनेटमा दिपेश घलेकाे बक्स बाहिरको सशक्त प्रहार क्रस बारमा लागेर बाहिरिदा थ्री स्टारले अग्रता दाेब्बर पार्ने अवसर खेर फाल्याे ।

पहिलो खेलमा जावलाखेलविरुद्ध गोलरहित बराबरीमा रोकिएको थ्री स्टारले दोस्रो राउन्डमा विभागीय नेपाल पुलिस क्लबको चुनौती १–० ले पाखा लगाएको थियो । एपिएफले भने अघिल्ला दुई खेलमा जित हासिल गर्न सकेको छैन ।

पहिलो खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबसँग २–० ले पराजित भएको एपिएफ दोस्रो खेलमा यति हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको थियो ।
मनाङ ९ अंकसहित शीर्षस्थानमा छ । आजको खेल जितेमा थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.