default_image

4 years ago

December 29, 2019

चेल्सीको उत्कृष्ट पुनरागमनमा आर्सनलको हार

एजेन्सी – उत्कृष्ट पुनरागमन गर्ने क्रममा खेलको अन्त्यतिर ४ मिनेट भित्र २ गोल गर्दै चेल्सीले प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले हराएको थियो । मिकेल अर्टेटाको प्रशिक्षणमा पहिलो पटक घरेलु मैदानमा उत्रेको आर्सनलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपरेको थियो । कप्तान पिरि इम्रिक अबामेयाङको गोलमा आर्सनलले १३ औं मिनेटमा अग्रता लिएको थियो […]

28 views

0 Bookmark

एजेन्सी – उत्कृष्ट पुनरागमन गर्ने क्रममा खेलको अन्त्यतिर ४ मिनेट भित्र २ गोल गर्दै चेल्सीले प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले हराएको थियो । मिकेल अर्टेटाको प्रशिक्षणमा पहिलो पटक घरेलु मैदानमा उत्रेको आर्सनलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपरेको थियो ।

कप्तान पिरि इम्रिक अबामेयाङको गोलमा आर्सनलले १३ औं मिनेटमा अग्रता लिएको थियो । मेसुट ओजिलको कर्नरमा कालुम चेम्बरले फ्लिक गरेपछि अबामेयाङले हेडमार्फत गोल गरेका थिए । दोस्रो हाफमा परिवर्तित खेलाडी जोइ विलकले अबामेयाङको पासमा प्रहार गरेको बल गोलमा परिणत हुन्थ्यो भने खेलको कथा बेग्लै हुन सक्थ्यो ।

तर, ८३ औं मिनेटमा जोर्जिन्होले क्लोज रेन्जबाट बराबरी गोल गरेपछि चेल्सी खेलमा फर्केका थियो । विलियनको फ्रिकिकलाई गोलकिपर ब्रेन्ड लेनाले राम्ररी पन्च गर्न नसकेपछि त्यहि बलमा जोर्जिन्होले गोल गरेका थिए । ८७ औं मिनेटमा टमी अब्राहमले गोल गर्दै चेल्सीलाई दिलाएका थिए । जितपछि चेल्सी ३५ अंक साथ चौथो स्थानमा छ । २४ अंक जोडेको आर्सनल १२ औं स्थानमा छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.