default_image

4 years ago

December 30, 2019

प्रशिक्षक मोएस वेस्ट ह्याम फर्किए

एजेन्सी – प्रशिक्षक डेभिड मोएर इंग्लिस क्लब वेष्ट ह्याम युनाइटेडमा फर्किएका छन् । वेस्ट ह्यामले डेभिड मोएसलाई आइतबार राति पुनः मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । मोएसले यसअघि २०१७/१८ को सिजनमा ७ महिना क्लबको मुख्य प्रशिक्षक बनेको थियो । खराव प्रदर्शनसँगै उनी बर्खास्तीमा परेको थियो । तर, यसपटक वेस्ट ह्यामले पुनः मोएसलाई नै मुख्य प्रशिक्षक […]

21 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक डेभिड मोएर इंग्लिस क्लब वेष्ट ह्याम युनाइटेडमा फर्किएका छन् । वेस्ट ह्यामले डेभिड मोएसलाई आइतबार राति पुनः मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

मोएसले यसअघि २०१७/१८ को सिजनमा ७ महिना क्लबको मुख्य प्रशिक्षक बनेको थियो । खराव प्रदर्शनसँगै उनी बर्खास्तीमा परेको थियो । तर, यसपटक वेस्ट ह्यामले पुनः मोएसलाई नै मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनको सम्झौता १८ महिनाको रहेको छ ।

प्रिमियर लिगमा शनिबार राति लेस्टर सिटीसँग २–१ ले पराजित भएपछि वेस्ट ह्यामले प्रशिक्षक म्यानुएल पेलेग्रेनीलाई बर्खास्त गरेको थियो । लगत्तै वेस्ट ह्यामले मोएसलाई प्रशिक्षक बनाउने तयारी गरेको थियो ।  इंग्लिस क्लब म्यानचेस्ट युनाइटेड र एभर्टनका पुर्व प्रशिक्षक समेत रहेका मोएसको सहयोगी प्रशिक्षकमा पियर्स र इर्भिन रहेका छन् ।

वेस्ट ह्याममा फर्किएसँगै मोएसले क्लबको आधिकारिक वेवसाइटमा पुनः फर्कन पाउदा खुशी रहेको र घरमै आएजस्तो अनुभव भएको बताएका छन् । ‘मलाई घर नै फर्किए जस्तो अनुभुति भइरहेको छ । मैले यहाँ निकै रमाइलो पल बिताएको थिए । विगतमा के भयो त्यसमा भन्दा पनि अबको गन्तव्य बारे सोच्नुपर्ने हुन्छ ।’ मोएसले भने, ‘क्लबका लागि मेरो तर्फबाट सक्ने माथि ल्याउने कोसिस गर्नेछु । मैले क्लबलाई दिन सक्ने सबै गर्नेछु ।’

मोएसको प्रशिक्षणमा वेस्ट ह्याम युनाइटेडले १ जनवरीमा बर्नमाउथसँग खेल्दैछ । वेस्ट ह्याम १९ खेलबाट १९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.