default_image

5 years ago

December 30, 2019

लिगका २१ खेलमा ३७ गोल

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल आजबाट सुरु हुँदैछ । मंसिर २८ गतेबाट सुरु भएको लिगा दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा जारी छन् । भ्रमण वर्ष २०२० को कार्यक्रमका कारण लिगको चौथो चरणका सबै ७ खेल सातदोबाटोको एन्फा मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

१४ टोलीको सहभागिता रहेको लिगमा कुल ९१ खेल हुने छन् । त्यसमध्ये २१ खेल सम्पन्न भइसकेका छन् । ३ चरणको समाप्तीमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब ९ अंक सहित शीर्षस्थानमा रहेको छ । पूर्व विजेता रुस्लान थ्री स्टार क्लब ७ अंकसहित दोस्रो स्थानमा छ ।

फ्रेन्ड्स क्लब र सरस्वतीले भने अहिले सम्म अंकको खाता खोल्न सकेका छ्रैनन् ।२१ खेलमा जम्मा ३७ गोल भएका छन् । पहिलो हाफमा १४ गोल मात्र भएका छन् भने २३ गोल दोस्रो हाफमा सम्भव भएका छन् । लिगमा अहिले सम्म ३१ खेलाडीले गोल गरेका छन् । जसमा च्यासल युथ क्लबका सन्तोष साहुखलको नाममा ३ गोल रहेको छ ।

१६ वर्षदेखि लिग खेलिरहेका सन्तोषले १ सय गोल पुरा गर्ने क्रमको नजिकमा छन् । उनको नाममा ९९ गोल छ । अहिले सम्म ५१ पहेलो कार्ड प्रयोग हुँदा ५ खेलाडीले रातो कार्डको सामना गर्नुपरेको छ । एनआरटीले सरस्वतीलाई ४–० लाई हराउनु अहिले सम्मको फराकिलो अन्तरको जित हो ।

३ चरणको खेल सम्मको तथ्याङ्क यस्तो छ ।

पहिलो राउन्ड

मछिन्द्रविरुद्ध बीबीसी (२–०)

संकटाविरुद्ध च्यासल (०–२)

आर्मीविरुद्ध फ्रेन्ड्स (२–१)

सरस्वतीविरुद्ध एनआरटी (०–४)

पुलिसविरुद्ध शेर्पा (०–०)

थ्री स्टारविरुद्ध जावलाखेल (०–०)

एपीएफविरुद्ध मनाङ (०–२)

दोस्रो राउन्ड

च्यासलविरुद्ध मछिन्द्र (१–१)

बीबीसीविरुद्ध फ्रेन्ड्स (२–०)

सरस्वतीविरुद्ध जावलाखेल (०–१)

संकटाविरुद्ध एनआरटी (१–०)

एपीएफविरुद्ध शेर्पा (१–१)

आर्मीविरुद्ध मनाङ (०–१)

थ्री स्टारविरुद्ध पुलिस (१–०)

तेस्रो राउन्ड

मछिन्द्रविरुद्ध फ्रेन्ड्स (३–०)

च्यासलविरुद्ध एनआरटी (१–२)

बीबीसीविरुद्ध मनाङ (०–१)

संकटाविरुद्ध जावलाखेल (१–१)

आर्मीविरुद्ध शेर्पा (२–०)

सरस्वतीविरुद्ध पुलिस (०–२)

एपीएफविरुद्ध थ्री स्टार (०–१)

लिगका गोलकर्ता

१. योगेश गुरुङ (मछिन्द्र) – १+

२. दीपक राई (मछिन्द्र) – १+

३. नवयुग श्रेष्ठ (आर्मी) – १+

४. शक्ति राई (फ्रेन्ड्स) – १+

५. दिनेश हेन्जन (आर्मी) – १+

६. सन्तोष साहुखल (च्यासल) २+१+

७. जुनियर निकेङ्गे (एनआरटी) – १+१

८. सरोज तामाङ (एनआरटी) – २+

९. जोर्डन ओओना (एनआरटी) – १+

१०. बिमल राना (मनाङ) – २+

११. देवेन्द्र तामाङ (मछिन्द्र) – १+

१२. जया गुरुङ (बीबीसी) – १+

१३. रोशन रानामगर (बीबीसी) – १+

१४. ड्याडी जुनियर वाम्वा (जावलाखेल) – १+१+

१५. दिपेश आलेमगर (संकटा) – १+

१६. त्रिदेव गुरुङ (शेर्पा) – १+

१७. प्रविन स्याङ्तान (एपीएफ) – १+

१८. दयानन्द सिंह (मनाङ) – १+

१९. सुशिल राई (थ्री स्टार) – १+

२०. पिटर सेगुन (मछिन्द्र) – १+

२१. एडिलाजा (मछिन्द्र) – १+

२२.अभिषेक रिजाल (मछिन्द्र) – १+

२३. दर्शन गुरुङ (एनआरटी) – १+

२४. अमिर श्रेष्ठ (च्यासल) – १+

२५. जगजित श्रेष्ठ (मनाङ) – १+

२६. लक्ष्मण रुचाल (संकटा) – १+

२७. टेक बहादुर बुढाथोकी (आर्मी) – १+

२८. भरत खवास (आर्मी) – १+

२९. सुमन लामा (पुलिस) – १+

३०. भोलानाथ सिलवाल (पुलिस) – १+

३१. अनन्त तामाङ (थ्री स्टार) – १+

जम्मा गोलः ३७

पहिलो हाफमा गोलः १४ गोल

दोस्रो हाफमा गोलः २३ गोल

पहेँलो कार्डः ५१

रातो कार्डः

लक्ष्मण रुचाल (संकटा) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड

सुमन अर्याल (आर्मी) मनाङविरुद्ध दोहोरो पहेँलो कार्ड

जोर्डन ओओना (एनआरटी) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड

एकराज बुढाथोकी (मनाङ) बीबीसीविरुद्ध सिधै रातो कार्ड

अन्जन राई (पुलिस) सरस्वतीविरुद्ध दोहोरो पहेँलो कार्ड

अंक तालिका

नोटः अघिल्लो वर्ष रेलिगेसन विनाको लिगका कारण पुछारका दुई टोली मछिन्द्रको १ तथा एनआरटीको २ अंक घटाइएको छ ।


चौथो देखि १० राउन्डसम्मका खेलतालिका

चौथो राउन्ड

एनआरटीविरुद्ध मछिन्द्र

फ्रेन्ड्सविरुद्ध मनाङ

च्यासलविरुद्ध जावलाखेल

बीबीसीविरुद्ध शेर्पा

संकटाविरुद्ध पुलिस

आर्मीविरुद्ध थ्री स्टार

सरस्वतीविरुद्ध एपीएफ

पाँचौ राउन्ड

एनआरटीविरुद्ध जावलाखेल

मनाङविरुद्ध मछिन्द्र

फ्रेन्ड्सविरुद्ध शेर्पा

बीबीसीविरुद्ध थ्री स्टार

च्यासलविरुद्ध पुलिस

संकटाविरुद्ध एपीएफ

आर्मीविरुद्ध सरस्वती

छैटौ राउन्ड

जावलाखेलविरुद्ध मछिन्द्र

मनाङविरुद्ध शेर्पा

फ्रेन्ड्सविरुद्ध थ्री स्टार

बीबीसीविरुद्ध सरस्वती

एनआरटीविरुद्ध पुलिस

च्यासलविरुद्ध एपीएफ

संकटाविरुद्ध आर्मी

सातौ राउन्ड

मछिन्द्रविरुद्ध शेर्पा

जावलाखेलविरुद्ध पुलिस

मनाङविरुद्ध थ्री स्टार

एनआरटीविरुद्ध एपीएफ

फ्रेन्ड्सविरुद्ध सरस्वती

बीबीसीविरुद्ध संकटा

च्यासलविरुद्ध आर्मी

आठौं राउन्ड

पुलिसविरुद्ध मछिन्द्र

शेर्पाविरुद्ध थ्री स्टार

जावलाखेलविरुद्ध एपीएफ

मनाङविरुद्ध सरस्वती

च्यासलविरुद्ध बीबीसी

एनआरटीविरुद्ध आर्मी

फ्रेन्ड्सविरुद्ध संकटा

नवौं राउन्ड

पुलिसविरुद्ध एपीएफ

मछिन्द्रविरुद्ध थ्री स्टार

शेर्पाविरुद्ध सरस्वती

जावलाखेलविरुद्ध आर्मी

मनाङविरुद्ध संकटा

फ्रेन्ड्सविरुद्ध च्यासल

एनआरटीविरुद्ध बीबीसी

१०औं राउन्ड

थ्री स्टारविरुद्ध सरस्वती

एपीएफविरुद्ध मछिन्द्र

शेर्पाविरुद्ध संकटा

पुलिसविरुद्ध आर्मी

जावलाखेलविरुद्ध बीबीसी

मनाङविरुद्ध च्यासल

एनआरटीविरुद्ध फ्रेन्ड्स

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.