default_image

4 years ago

January 1, 2020

श्री भगवती र समाज कल्याण सेमिफाइनलमा

लमजुङ (हाम्रो खेललकुद)- श्री भगवती युथ क्लब टोखा काठमाडौं र समाज कल्याण काठमाडौं लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सदरमुकाम बेशिसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा समाज कल्याणले बन्सार एकता युथ क्लबमाथि १–० को जित निकाल्दै अन्तिम चारको यात्रा तय […]

21 views

0 Bookmark

लमजुङ (हाम्रो खेललकुद)- श्री भगवती युथ क्लब टोखा काठमाडौं र समाज कल्याण काठमाडौं लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सदरमुकाम बेशिसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा समाज कल्याणले बन्सार एकता युथ क्लबमाथि १–० को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । बुधबारै भएको दोस्रो क्वाटरफाइनलमा श्री भगवती युथ क्लब टोखाले बुद्ध युथ क्लब (बीवाइसी भोटेवडारलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

प्रतियोगितामा बिहीबारदेखि क्वाटरफाइनलका अन्तिम दुई खेलहरु हुनेछ । पहिलो खेलमा आयोजक त्रिवेणी युवा क्लब ‘हरियाे’ र दोर्दी गाँउपालिका लमजुङबीच बिहान १० बजे खेल हुनेछ । दोस्रो खेलमा लमजुङ मस्र्याङ्द युथ क्लब र सामना युथ क्लब तुरतुरे तनहुँबीच दिउँसो १ बजे खेल हुने आयोजक त्रिवेणी युथ क्लबले जानकारी गराएको छ ।

१२ पुसबाट शुरु भएको राष्ट्रव्यापी प्रतियोगितामा देशभरका २० क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैया हात पार्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार पाउनेछन् । सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीले जनही १५–१५ हजार हात पार्नेछन् ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.