default_image

9 years ago

July 1, 2016

हजार्ड र बेललाई युरो इतिहास बनाउने सुनौलो अवसर

142 views

0 Bookmark

फ्रान्समा आयोजना भैरहेको युरो २०१६ अन्तर्गत सेमिफाइनलमा पुग्न आज हुने दोश्रो क्वार्टरफाइनल खेलमा बेल्जियम र वेल्स भिड्दैछन।

balehazard

प्रि-क्वार्टरफाइनल चरणमा हंगेरीविरुद्ध ४-०को सहज जीत हात परेको बेल्जियमका लागि एडेन हजार्डले लोभलाग्दो प्रदर्शन गरेका थिए। बेल्जियमका नियमित कप्तान भिन्सेन्ट कम्पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि कप्तानीको जिम्मेवारी पाएका हजार्डसंगै केभिन डे ब्रुएन पनि लय समात्दै छन्। तर टोलीलाइ क्वार्टरफाइनल खेलका लागि दुइ डिफेन्डर नहुने कुराले भने केहि कठिन हुने पक्का छ। थोमस भर्मालेन प्रतिबन्धमा परेकोले यसअघिनै नखेल्ने पक्का थियो र अर्का स्टार डिफेन्डर यान भर्टोङ्गन एंकलको चोटका कारण उपलब्ध रहने छैनन्। म्यानचेस्टर सिटीका जेसन डीनाएर र रोमेलु लुकाकुका सहोदर भाइ जोर्डन लुकाकुले डिफेन्समा पदपूर्ति गर्नेछन्।

उता वेल्सका लागि भने कप्तान एवं डिफेन्डर एश्ली विलिएम्स चोटमुक्त भएको खबरले थप उर्जा प्रदान गरेको छ। उत्तरी आएरल्याण्ड विरुद्धको खेलमा अन्त्यतिर पाखुरामा चोट बोकेका उनले हिजो मात्र पूर्ण रुपमा ठिक भएको संकेत दिएका छन्। वेल्सका लागि तिन गोल गरेका ग्यारेथ बेल टोलीलाई पहिलो पटक कुनै प्रतियोगिताको सेमिफाइनलमा पुर्याउन आतुर देखिन्छन्।

यस क्वार्टरफाइनल खेलमा विजय हासिल गर्ने टोलीले सेमीफाइनलमा पोर्चुगलको सामना गर्नेछ। यसअघि भएको क्वार्टरफाइनलमा पोर्चुगलले पोल्याण्डलाई पेनाल्टीमा ५-३ले पाखा लगाएको थियो।

 

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.