default_image

4 years ago

January 3, 2020

गोलरक्षक एलिसनलाई साम्बा डे’ओर उपाधि

एजेन्सी – ब्राजिलियन गोलरक्षक एलिसन बेकरले सुपरस्टार फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोलाई पछि पार्दै युरोपमा खेल्ने उत्कृष्ट ब्राजिलियन खेलाडीले प्राप्त गर्ने साम्बा डे’ओर उपाधि जितेका छन् । लिभरपुललाई सन् २०१९ मा च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकप जिताउन एलिसनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । ब्राजिलले कोपा अमेरिका उपाधि जित्दा पनि एलिसनको निर्णायक प्रदर्शन […]

33 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन गोलरक्षक एलिसन बेकरले सुपरस्टार फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोलाई पछि पार्दै युरोपमा खेल्ने उत्कृष्ट ब्राजिलियन खेलाडीले प्राप्त गर्ने साम्बा डे’ओर उपाधि जितेका छन् ।

लिभरपुललाई सन् २०१९ मा च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकप जिताउन एलिसनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । ब्राजिलले कोपा अमेरिका उपाधि जित्दा पनि एलिसनको निर्णायक प्रदर्शन रहेको थियो । यस अवार्ड जित्ने एलिसन पहिलो गोलरक्षक हुन् ।

एलिसनले कुल मतको ३५.५४ प्रतिशत प्राप्त गर्दै शीर्षस्थान हासिल गरेका हुन् । दोस्रो स्थानका रोबर्टो फिर्मिनोले २३.४८ प्रतिशत मत प्राप्त गरे । पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर थियागो सिल्भा तेस्रो तथा लिभरपुलकै मिडफिल्डर फाबिन्हो चौथी स्थानमा आए ।

हालसम्म तीन पटक यस उपाधि जितका फरवार्ड नेयमार भने पाँचौ स्थानमा थन्किए । उनले ब्राजिलले घरेलु मैदानमा कोपा अमेरिका जित्दा समेत खेलेका थिएनन् । उनको पक्षमा जामा ७.५७ प्रतिशत मत परेको थियो ।

सन् २०१८ मा यस उपाधि फिर्मिनोले जितेका थिए । लिभरपुलबाट खेल्दै यस अवार्ड जित्ने एलिसन तेस्रा खेलाडी हुन् । सन् २०१६ मा फिलिपे कोउटिन्होले पनि यस अवार्ड जितेका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.