default_image

6 years ago

January 3, 2020

वर्षाका कारण ‘ए’ डिभिजन लिग दुई दिन स्थगित

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खराब मौसमको कारण देखाउदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौ राउन्डको खेलहरु २ दिन स्थगित गरेको छ । दशरथ रंगशालामा शनिबारबाट तय गरिएको पाँचौ चरणका खेलहरु अब सोमबारदेखि बिहीबारसम्म चल्नेछन । यसअघिको तालिकामा शनिबारदेखि मंगलबारसम्मको लागि तय थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटिको आकस्मिक बैठकले बिहीबार साँझ देखि नै लगातार हल्का वर्षा भइरहेको र वर्षा अझै जारी रहने सम्भावना रहेकोले लिगका खेलहरु दुई दिन पछि सार्ने निर्णय गरेको हो । पाँचौ चरणको अब नयाँ तािलका अनुसार पहिलो दिन सोमबार न्युरोड टिम (एनआरटी) र प्रभु बैंक जावलाखेल युथ क्लब तथा उपाधिका दुई दाबेदार मनाङ–मस्र्याङ्दी क्लब र सानमिगेल मछिन्द्र क्लबबीच खेल तय हुनेछ ।

त्यस्तै मंगलबार यति हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब, बुधबार बीबीसी र रुस्लान थ्री स्टार क्लब तथा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीच हुनेछ । बिहीबार संकटा र एपीएफ तथा त्रिभुवन आर्मी क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ । पाँचौं चरणका सबै खेल दशरथ रंगशाला हुनेछ ।

लिगको चौथो चरण सकिदा अपराजित रहेको मनाङ १० अंकसहित शीर्षस्थानमा रहेको छ । समान ९ अंक जोडेका मछिन्द्र दोस्रो र आर्मी तेस्रो स्थानमा छ । ८ अंक जोडेको जावलाखेल चौथो, पुलिस पाँचौ, थ्री स्टार छैटौ, बीबीसी सातौ, एनआरटी आठौं, च्यासल नवौं, एपीएफ १०औं, संकटा ११औं, शेर्पा १२औं तथा फ्रेन्ड्स १३औं स्थानमा छ । अंकविहीन सरस्वती पुछारमा छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.