default_image

4 years ago

January 3, 2020

एपिएफलाई हराउँदै आर्मीले जित्यो महिला गोल्डकप

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले सहिद रिदामाहाङ रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै आर्मीले उपाधि जितेको हो । धनकुटाको तल्लो टुडिखेलमा शुक्रबार भएको फाइनलको निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । वर्षाका कारण निर्धारित समयको खेल सकिएपछि […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले सहिद रिदामाहाङ रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

धनकुटाको तल्लो टुडिखेलमा शुक्रबार भएको फाइनलको निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । वर्षाका कारण निर्धारित समयको खेल सकिएपछि सोझै पेनाल्टी गराइएइको थियो । पेनाल्टीमा आर्मीले बाजी मार्यो ।

पेनाल्टीमा आर्मीका लागि रश्मी घिसिङ, निशा बोहोरा र पुजा राना मगरले गोल गरिन् । एपिएफका लागि मञ्जु दोङ मात्र गोल गर्न सफल भइन् । पेनाल्टीमा एपिएफकी सावित्रा भण्डारी, अनिता बस्नेत र गिता राना गोल गर्न असफल भएका थिए । किरात आठपहरिया समाज नेपाल धनकुटामा आयोजित प्रतियोगिताको विजेता आर्मीले २ लाख र एपिएपले १ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

पुस ९ गते काठमाडौंमा प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलेर आर्मी र एपिएफ धनकुटा पुगेका थिए । धनकुटा जानुअघि एपिएफले प्रधानसेनापति महिला फुटबलको फाइनलमा आयोजक आर्मीलाई २–० ले हराएको थियो ।

आठपहरिया प्रथम महिला गोल्डकपमा एपिएफकी सावित्रा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । ७ गोलसहित सर्वाधिक गोलकर्ता बनेकी आर्मीकी शर्मिला थापाले ७ हजार रुपैयाँ पाइन् ।

आर्मीकी अन्जना रामगर उत्कृष्ट गोलकिपर, एपिएफकी गिना राना उत्कृष्ट रक्षक, एपिएफकी रेणुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, आर्मीकी रश्मीकुमारी घिसिङ उत्कृष्ट फरवार्ड र आर्मीका चक्र तामाङ उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

आयोजक टोलीकी सुष्मिता राई राइजिङ प्लेयर चुनिइन र उनले ५ हजार रुपैयाँ पाइन् । तीन विभागिय टोली (आर्मी, एपिएफ र नेपाल पुलिस क्लब)सहित प्रतियोगितामा मोरङ ११, एभरेष्ट फुटबल क्लब, बासहा राइजिङ युथ क्लब सुनसरी, रौतहट महिला फुटबल टोली र आयोजक टोली गरि ८ टोलीको सहभागिता रहेको छ ।

 

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.