default_image

4 years ago

January 4, 2020

आयोजक त्रिवेणी र श्री भगवती फाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युथ क्लब (हरियो) र काठमाडौंको श्री भगवती युथ क्लब टोखा लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । सदरमुकाम बेसिसहरस्थित सहजी खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले समाज कल्याण युवा क्लब नयाँ बजार काठमाडौंलाई पेनाल्टी […]

18 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – आयोजक त्रिवेणी युथ क्लब (हरियो) र काठमाडौंको श्री भगवती युथ क्लब टोखा लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

सदरमुकाम बेसिसहरस्थित सहजी खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले समाज कल्याण युवा क्लब नयाँ बजार काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै फाइनल पुगेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा कुनै पनि गोल नस्कन नसकेपछि खेलको निर्णय पेनालटी सुटआउटमा पुगेको हो ।

दोस्रो सेमीफाइनलमा श्री भवगतीले सामना युवा क्लब तुरतुरे तनहूँलाई ३–० ले पराजित गर्दै फाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो । फाइनल आइतबार हुनेछ । त्रिवेणी कपको विजेताले उपाधिसहति ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सिजन श्रेष्ठले बताए । दोस्रो हुने १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सेमिफाइनल पुग्ने टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टोलीले१० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.