default_image

4 years ago

January 4, 2020

आइ लिगमा किरणको टोलीको अर्को बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसीले शनिबार आइ लिगमा अवे खेलमा बराबरी खेलेको छ । टिडिम रोड एथलेटिक युनियनसँगको खेलमा पन्जाबले गोलरहित बराबरी गरेको हो । अंक तालिको पुछारमा रहेको टिडिमसँग गोलरहित बराबरी खेलेपछि पन्जाबले शीर्षस्थानमा जाने मौका गुमाएको छ । किरण टिडिमविरुद्ध पुरा समय खेलेका थिए […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसीले शनिबार आइ लिगमा अवे खेलमा बराबरी खेलेको छ ।

टिडिम रोड एथलेटिक युनियनसँगको खेलमा पन्जाबले गोलरहित बराबरी गरेको हो । अंक तालिको पुछारमा रहेको टिडिमसँग गोलरहित बराबरी खेलेपछि पन्जाबले शीर्षस्थानमा जाने मौका गुमाएको छ । किरण टिडिमविरुद्ध पुरा समय खेलेका थिए ।

६ खेलमा पन्जाबको यो तेस्रो बराबरी हो । अहिले सम्म २ खेलमा जितेको पन्जाबले १ खेल गुमाएको थियो । टोली ९ अंकसहित दोस्रो स्थानमा छ । चर्चिल ब्रदर्श एफसी गोल ९ अंकका साथ शीर्षस्थानमा छ । पन्जाबको भन्दा चर्चिलले २ खेल कम खेलेको छ । तेस्रो स्थानको क्वेस इष्ट बंगालले ५ खेलमा ८ अंक जोडेको छ । टिडिमको ५ खेलमा २ अंक छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.