6 years ago
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद )- सरस्वती क्लबलाई बिहीबार १–० ले पराजित गर्दै विभागीय त्रिभुवन आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। आर्मीको जितसँगै सहिद स्मारक ए डिभिजन लिगको अंक तालिका रोमाञ्चक बनेको छ।
लिगमा अपराजित रहेको मनाङ ११ अंकमा दोस्रो स्थानमा छ। लिगमा समान १० अंक भएपनि मछिन्द्र तेस्रो र रुस्लान थ्रीस्टार चौथो स्थानमा छ।
पाँचौ चरणसम्म आइपुग्दा मनाङ, मछिन्द्र र जावलाखेल युथ क्लब अपराजित छन् । आजको खेलमा सरस्वतीलाई पराजित गरेपछि मनाङलाई १ अंकले पछी पार्दै आर्मी शिर्ष स्थानमा पुगेको हो।
लिगको दोस्रो खेलमा आर्मी मनाङसँग १–० ले स्तब्ध भएको थियो। पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको आर्मीले तेस्रो खेलमा हिमालयन शेर्पा र चौथो खेलमा थ्री स्टारलाई समान २–० ले पाखा लगाएको थियो।
आर्मीको जितमा जर्जप्रिन्स कार्कीले निर्णायक गोल गरे। खेलको दोस्रो हाफमा आर्मीले अग्रता दोब्बर पार्ने मौका पाएपनि सदुपयोग गर्न सकेन। कार्कीले खेलको ३० औं मिनेटमा सेसेहाङ आङदेम्वेको पासमा जर्ज प्रिन्सले वान टचमा सुन्दर गोल गरेका थिए। लगत्तै दिनेश हेन्जनको प्रहारलाई गोलरक्षकले बचाए।
खेलको ६८औं मिनेटमा दिपक गुरुङको पासमा नवयुगले गरेको प्रहारलाई गोलरक्षक प्रदीपले बचाए। ७४औं मिनेटमा सन्तोष तामाङको फ्रिकिक पोस्टबाट थोरै बाहिरियो। लगत्तै दिनेश हेन्जनको पासमा टंक बस्नेतले बक्सभित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। ७९औं मिनेटमा टंक बस्नेतको क्रस पास क्रसबारमा लाग्दै बाहिरियो। ८५औं मिनेटमा टंकको क्रसमा नवयुगले बक्सभित्र बाईसाइकल किक प्रयास गरेपनि सफल हुन सकेन।
पहिलो हाफको ४३औं मिनेटमा नवयुग श्रेष्ठको हेडरले पोष्टको गति लिन नसकेपछि आमी अग्रता दोबर पार्नबाट चुकेको थियो। खेलको चौथो मिनेटमा दिनेश हेन्जनको प्रहार आकासियो। १४औं मिनेटमा जर्ज प्रिन्स कार्कीको फ्रिकिक प्रहारलाई गोलरक्षक प्रदिप भण्डारीले बचाए। २५औं मिनेटमा नवयुग श्रेष्ठले बक्सभित्रबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो।
पहिलो हाफको इन्ज्युरी समयमा आर्मीले दुई सुन्दर मौका खेर फाल्यो । नवयुग श्रेष्ठको प्रहार क्रसबारबाट थोरै बाहिरियो लगत्तै जर्ज प्रिन्सले दोस्रो बार च्याप्दै गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो ।
अंक तालिकाको पुछारमा रहेको सरस्वती भने रेलिगेशनमा पर्ने खतरामा छ। हालसम्मका सबै खेलमा पराजित सरस्वतीले मात्र जारी लिगमा खाता खोल्न सकेको छैन। सरस्वती एनआरटीसँग ४–०, जावलाखेलसँग १–०, पुलिससँग २–० तथा एपीएफसँग २–१ ले पराजित भएको थियो।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]