default_image

4 years ago

January 9, 2020

क्विक्स कप – जनज्योति, दुर्गा र ज्वालामुखी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– जनज्योति पब्लिक स्कुल, दुर्गा मावि र ज्वालामुखी मावि क्विक्स अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको क्वार्टरफाइनलमा जनज्योति पब्लिक स्कुलले त्रिवेणीलाई १–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । दिक्षा खाणले २६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णय बनेको थियो । सुनिता […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जनज्योति पब्लिक स्कुल, दुर्गा मावि र ज्वालामुखी मावि क्विक्स अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको क्वार्टरफाइनलमा जनज्योति पब्लिक स्कुलले त्रिवेणीलाई १–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । दिक्षा खाणले २६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णय बनेको थियो ।

सुनिता भ्लोनको २ गोलको मद्दतमा अर्को खेलमा दुर्गा माविले स्मृति बोर्डिङ स्कुललाई ३–१ ले हराएको थियो । सुनिताले आठौं र ३२ औं मिनेटमा गोल गरेकी थिइन् भने मन्दिरा राईले ४१ औं मिनेटमा गोल गरेकी थिइन् । अर्को खेलमा ज्वालामुखीले एकता जेम्स इङ्लिस एकेडेमीलाई ४–१ ले हराएको थियो ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा चौधरी ग्रुपको क्विक्सको प्रायोजनमा सञ्चालन भइरहेको छ । प्रदेशहरुका छनोट भइ आएका विद्यालयले अन्तिम चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । छात्रातर्फको प्रतियोगिता भने यसअघि नै सम्पन्न भइसकेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.