9 years ago
July 2, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – फ्रान्समा जारी युरो २०१६ अन्तर्गत आज हुने तेश्रो क्वार्टरफाइनल खेलमा इटाली र जर्मनी भिड्दै छन्।
अनौठो लाग्न सक्छ तर इटालीले जर्मनीविरुद्ध ठुला प्रतियोगितामा खेलेको आठ खेलमा कुनै खेल हारेको छैन। तर आज हुने खेलमा सोहि रेकर्डलाई जारि राख्न भने इटालीको लागि ठुलो चुनौती हुनेछ। ड्यानीएले डे रोसी चोटका कारण अनुपस्थित हुने पक्का भएपछि एन्टोनियो कोन्टेलाइ टोलि छनोटमा केहि टाउको दुखाई भने अवश्य हुनेछ।
इटालीको लागि अर्को चटारो के पनि हुनेछ भने उनीहरुका एघार खेलाडी पहेंलो कार्ड बोकेर बसेका छन्। आजको खेलमा जित हात पारेर पहेंलो कार्ड खाएमा ति खेलाडीहरुले सेमिफाइनल गुमाउने डर पनि उत्तिकै छ। इटलीका थियागो मोट्टा र अन्टोनियो क्यानड्रेभा पनि आजको खेलमा उपस्थित नहुने पक्का छ। यस्तो अवस्थामा कोन्टेले स्टुरारोलाई मिडफिल्डमा खेलाउन सक्ने सम्भावना बढेको छ।
उता जर्मनीका लागि भने खेलाडीहरु सबै उपलब्ध र फिट भएकाले छनोटमा समस्या परेको छ। गोट्जेले लगातार राम्रो प्रदर्शन गर्न नसकेपछि आएका जुलिएन ड्रयाक्सलरले आफ्नो स्थान जमाएका छन् भने डिफेन्समा बेनेडीक्ट हावडेस उत्रिने सम्भावना रहेको छ।
खेल नेपाली समयानुसार रातको १२:४५बजे सुरु हुनेछ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]