default_image

4 years ago

January 14, 2020

‘बार्सिलोनाले कोपा अमेरिका खेल्न दिएन’– नेयमार

एजेन्सी– यो वर्ष जापानमा ओलम्पिक आयोजना हुँदैछ । ब्राजिलियन सुपर स्टार नेयमार त्यसमा खेल्न चाहान्छन् । त्यसअघि कोपा अमेरिकामा पनि आयोजना हुनेछ । कोपा अमेरिका जुन १२ देखि जुलाई १२ सम्म कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्दैछन् । त्यस्तै ओलम्पिक जुलाई २४ देखि अगष्ट ५ सम्म आयोजना हुनेछ । तर, नेयमारका लागि सन् २०१६ […]

39 views

0 Bookmark

एजेन्सी– यो वर्ष जापानमा ओलम्पिक आयोजना हुँदैछ । ब्राजिलियन सुपर स्टार नेयमार त्यसमा खेल्न चाहान्छन् । त्यसअघि कोपा अमेरिकामा पनि आयोजना हुनेछ । कोपा अमेरिका जुन १२ देखि जुलाई १२ सम्म कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्दैछन् । त्यस्तै ओलम्पिक जुलाई २४ देखि अगष्ट ५ सम्म आयोजना हुनेछ ।

तर, नेयमारका लागि सन् २०१६ कै अवस्था दोहोरिने सम्भावना छ । त्यति बेला उनी बार्सिलोनामा थिए । त्यति बेला स्वदेशमै आयोजना भएको ओलम्पिक खेल्न क्लबबाट नेयमारले अनुमति पाएका थिए । तर, उनले सोही वर्ष आयोजना भएको कोपा अमेरिका खेल्न पाएनन् ।

‘म दुवै खेल्न चाहन्छु । तर मलाई थाहा छ त्यो सहज छैन,’ समरको योजनाका बारेमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले भने,‘ म दुवै खेल्नका लागि उपलब्ध छु । तर, मलाई लाग्छ त्यो जटिल छ । किन की त्यहि समयमा क्लबको सिजन पनि सुरु हुनेछ ।’

त्यति बेला पनि आफुले दुवै प्रतियोगिता खेल्न चाहेको स्मरण गर्दै उनले भने, ‘ तर मलाई बार्सिलोनाले त्यो अनुमति दिएन ।’ उनले दुवै प्रतियोगिता खेल्नका लागि क्लबसँग छलफल गर्ने बताएका छन् ।

उनले थपे ‘ म ब्राजिलियन टोलीमा बसेर सहयोग गर्न चाहन्छु ।’ २०१६ को रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण पदक जितेको थियो । त्यति बेला नेयमारले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.