9 years ago
July 4, 2016
पेरिस (एजेन्सि)
आयोजक राष्ट्र फ्रान्सले अन्तिम क्वार्टर फाईनल खेलमा आईस ल्याण्डलाई ५-२ले पराजित गर्दै सेमी फाईनलको यात्रा पक्का गरेको छ । अब सेमी फाईनलमा फ्रान्सले जर्मनीको सामना गर्ने छ ।
ईङल्याण्डलाई २-१ले पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको आईसल्याण्ड खेलको पहिलो हाल्फमै चार गोलले पछाडी परेको थियो । फ्रान्सको लागि खेलको १३औ मिनटमा जिरुड, २०औ मिनटमा, ४३औ मिनटमा पाएटले र ४५औ मिनटमा ग्रीजमनले गरेका थिए ।
पहिलो हाल्फमा ४-०ले पछी परेको आईसल्याण्डले दोस्रो हाल्फमा केहि राम्रो प्रदर्शन गरेको थियो । दोस्रो हाल्फको ११औ मिनटमा सिगथोर्सनले गोल गर्दै आईसल्याण्ड्को खाता खोलेको थिए । आईसल्याण्डको गोलको तीन मिनट पछीनै जिरुडले बेक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको गोल संख्या ५ पुराए । खेलको अन्तिम गोल आईसल्याण्ड्का बिर्किरले गरेका थिए ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]