default_image

4 years ago

January 15, 2020

यसरी बार्सिलोना पुगे प्रशिक्षक सेटिन

एजेन्सी – बार्सिलोनाले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक एर्नेस्टो भालभेर्डे पदबाट बर्खास्त भए । त्यसको केहीबेरमा नै क्याटलान क्लबले किके सेटिनलाई पदभार सुम्पियो । सेटिन विश्व फुटबलमा खासै सफलता हासिल गरेका प्रशिक्षक होइनन् । उनी क्लबहरुको जिम्मेवारी लिएपछि प्राप्त सफलता भन्दा आफ्नो खेल्ने शैली र रणनीतिका कारण चिनिन्छन् । बार्सिलोनाले उनलाई नियुक्त गरेपछि सफलता त […]

45 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक एर्नेस्टो भालभेर्डे पदबाट बर्खास्त भए । त्यसको केहीबेरमा नै क्याटलान क्लबले किके सेटिनलाई पदभार सुम्पियो ।

सेटिन विश्व फुटबलमा खासै सफलता हासिल गरेका प्रशिक्षक होइनन् । उनी क्लबहरुको जिम्मेवारी लिएपछि प्राप्त सफलता भन्दा आफ्नो खेल्ने शैली र रणनीतिका कारण चिनिन्छन् । बार्सिलोनाले उनलाई नियुक्त गरेपछि सफलता त आशा गर्छ नै, सँगसँगै भालभेर्डेले बिर्साएको खेल्ने शैली समेत पुन: स्थापना गर्न चाहन्छ ।

सेटिन आफैंले पनि क्लबले सार्वजनिक गरेपछि पत्रकार सम्मेलनमा बोल्दै आफूले बार्सिलोनाको प्रशिक्षक हुन लायक सफलता हासिल नगरेको बताए । ‘ मेरो करीअर हेर्ने हो भने खासै जितेको केहि छैन । मसँग देखाउन लायक उपाधि नै छैन । तर मैले प्रशिक्षक बन्नु अघिदेखि नै सँगालेको फुटबल खेल्ने शैली छ । मैले हालसम्म गरेको कार्य भने आफ्नो टोलीलाई राम्रो फुटबल खेलाउनु हो,’ उनले भने, ‘ मलाई थाहा छैन की यति ठूलो क्लबका लागि मैले यो अवसर पाउनु उचित छ वा छैन ।’

सेटिनले आफ्नो प्रशिक्षक करीअर सन् २००१/०२ मा रेसिङ सान्टानडेरको जिम्मेवारी लिँदै सुरु गरेका थिए । त्यसपछि पोली एजिदो, लोग्रोनेस, लुगो, लास पाल्मास हुँदै उनी रियल बेटिस आएका थिए । उनले प्रशिक्षकका रुपमा हालसम्म ४ सय ८७ खेल खेलाइसकेका छन् ।

रेसिङ सान्टानडेर

सेटिनले आफ्नो खेलाडी करीअरको उच्च विन्दु रेसिङमा नै बिताएका थिए । जसकारण खेलाडी जीवनलाई बिट मारेपछि उनलाई पहिलो अवसर आफ्नै पूर्व क्लबबाट आयो । उनले पहिलो अवसरलाई नै सहि सदुपयोग गरे । अंक तालिकाको पुछारतिर रहेको क्लबलाई उनले बढुवा गराएका थिए ।

सेटिनले क्लबको जिम्मेवारी लिँदा क्लब १८ औं स्थानमा रहेको थियो । तर सिजनको अन्त्यमा उनले क्लबलाई दोस्रो स्थानमा पुर्याउँदै माथिल्लो श्रेणीमा बढुवा नै गराए । उनले यसक्रममा टोलीलाई १८ जित, १० बराबरी र ८ हार सहित उत्कृष्ट नतिजा दिलाएका थिए । यद्यपि उनले बढुवा गराएलगत्तै प्रशिक्षण पद छोडेर रेसिङकै प्राविधिक निर्देशकका रुपमा काम गर्न थाले ।

पोली एजिदो

प्रशिक्षकका रुपमा विश्राम लिएका सेटिनले २००२-०३ सिजन दौरान अर्को अवसर पाए । तर उनको दोस्रो प्रयास भने बिर्सनलायक नै रहयो । उनी जम्मा १३ खेलसम्म मात्र पोलीमा टिक्न सके । उनले यसक्रममा २ जित, ४ बराबरी र ७ हारको नतिजा आत्मसात गरेका थिए ।

लोग्रोनेस

खेलाडीका रुपमा समेत सेटिनले लोग्रोनेसमा केहि समय बिताएका थिए । क्लबले उनलाई स्पेनिस लिगको दोस्रो श्रेणीमा बढुवा गराउने लक्ष्यसहित भित्र्याएको थियो । तर यसमा पनि उनी सफल हुन सकेनन् ।

लोग्रोनेसमा उनले २० खेल मात्र प्रशिक्षकको भूमिका निर्वाह गर्न पाए । उनले यसक्रममा ५ जित र ६ बराबरी खेल्दा ९ हारको सामना गर्नुपर्यो खराब नतिजाका कारण उनलाई क्लबले बर्खास्त नै गर्यो

लुगो

सेटिनलाई अर्को सिजन पुन: तेस्रो श्रेणीको टोली लुगोले दोस्रो श्रेणीमा उकाल्ने विश्वाससहित प्रशिक्षकको जिम्मवारी सुम्पियो उनले लगातार तीन सिजन उत्कृष्ट प्रदर्शन र नतिजा ल्याएपनि अन्तिम समय टोलीलाई माथि उकाल्न सकेनन् तर चौथो सिजनमा भने उनी सफल रहे

उनले सन् २०११/१२ सिजनमा लुगोलाई दोस्रो श्रेणीमा उकाले । त्यसपछि उनले दोस्रो श्रेणीमै रहने लक्ष्यसहित टोलीलाई थप तीन सिजन हेरे र सफल पनि रहे । एकै क्लबमा ६ सिजन बिताएपछि उनले नयाँ चुनौतीको सामना गर्ने भन्दै क्लब छाडे ।

लास पाल्मास

केहि समय विश्राम लिने निर्णय लिएका सेटिनले शीर्ष श्रेणीको टोली सम्हाल्न धेरै कुर्न परेन लास पाल्मासले २०१५-१६ को सिजनमा खराब सुरुवात गरेसँगै पाको हरेरालाई बर्खास्त गर्यो र उनको ठाउँमा सेटिनले जिम्मेवारी लिए ।

सेटिनले जिम्मेवारी सम्हाल्दा क्लबले ९ खेल खेल्दै अंक तालिकाको १९ औं स्थानमा रहेको थियो सेटिनको आगमनपछि क्लबले प्रदर्शन सुधार्दै नतिजा पनि ल्यायो सिजनको अन्त्यमा लास पाल्मास ११ औं स्थानमा रहयो त्यसपछि अर्को सिजन लास पाल्मासले १४ औं स्थान हासिल गर्यो । क्लब पदाधिकारी सँग समस्या सुरु भएपछि उनले क्लब छाड्ने निर्णय लिए ।

रियल बेटिस

सेटिनले सन् २०१७-१८ सिजनमा रियल बेटिसको जिम्मेवारी पाए उनले यसक्रममा बेटिसका लागि ९४ खेलमा भूमिका निर्वाह गरे पहिलो सिजनमा नै उनले क्लबलाई छैटौं स्थान दिलाउँदै युरोपा लिगको लागि पनि छनोट गराए

त्यसपछिको सिजन बेटिसले १९ औं स्थानमा रहँदै लिगको अन्त्य गर्यो सेटिनले बेटिसमा रहिरहन उपयुक्त ठानेनन् र क्लब छाडे उनलाई यसबीचमा प्रिमियर लिग क्लब वाटफर्डले प्रस्ताव राखेपनि उनले सकेसम्म स्पेन नछाड्ने अडान लिए बार्सिलोनाले प्रशिक्षक बन्ने प्रस्ताव राखेपछि उनले जिम्मेवारी लिएका हुन्

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.