default_image

4 years ago

January 17, 2020

मछिन्द्र र हिमालयन शेर्पाको खेल एन्फामा सारियो

काठमाडौं (हाम्रो खेलकुद)– लगातारको वर्षाको कारण बताउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सारेको छ ।   एन्फाले आफ्नो फेसबुक पेजमार्फत सानमिगेल मछिन्द्र क्लब र यदि हिमालयन शेर्पाको खेल दिउँसो ३ः०० बजे सातदोबाटोमा सुरु हुने जानकारी गरएको छ । तालिका […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– लगातारको वर्षाको कारण बताउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सारेको छ ।

 

एन्फाले आफ्नो फेसबुक पेजमार्फत सानमिगेल मछिन्द्र क्लब र यदि हिमालयन शेर्पाको खेल दिउँसो ३ः०० बजे सातदोबाटोमा सुरु हुने जानकारी गरएको छ । तालिका अनुसार लिगमा आज खेल मात्र रहेको छ ।

शुक्रबारको खेल सातौं चरणको पहिलो खेल हो । मछिन्द्र लिगको शीर्षस्थानमा छ भने शेर्पाले अहिले सम्म जित निकाल्न सकेको छैन । शेर्पाले लिगको ६ खेलमा ४ खेल त बराबरी नै गरेको छ । यसक्रममा टोलीले जम्मा १ गोल गर्दै ४ गोल खाएको छ ।

मछिन्द्र भने लिगमा १० गोल गर्दै सर्वाधिक गोल गर्ने टोली रहेको छ । मछिन्द्रले लिगका ६ खेलमा ४ जित र २ बराबरीसहित १३ अंक जोडेको छ । अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको यो सिजन एक अंक घटाइएको छ ।
लिगमा मछिन्द्रसँगै त्रिभुवन आर्मी क्लबको १३ अंक छ । मनाङ मस्र्याङ्दी क्लबको १२ र रुस्लान थ्री स्टार क्लबको १० अंक छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.