default_image

4 years ago

January 18, 2020

थ्री स्टारमा भारतीयसहित तीन खेलाडी अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लबले एक भारतीय खेलाडीसहित तीन खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । क्लबले भारतको मिजोरम फुटबल संघका कप्तान लालरम्माविया र च्यासल युथ क्लबका पुर्व खेलाडी सन्जोक राई तथा निशान खड्कालाई अनुबन्धित गरेको हो । उनीहरुलाई लिग भरका लागि अनुबन्ध गरिएको क्लबले जनाएको छ । लालरम्माविया मिजोरम लिग सकिएलगत्तै […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लबले एक भारतीय खेलाडीसहित तीन खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ ।

क्लबले भारतको मिजोरम फुटबल संघका कप्तान लालरम्माविया र च्यासल युथ क्लबका पुर्व खेलाडी सन्जोक राई तथा निशान खड्कालाई अनुबन्धित गरेको हो । उनीहरुलाई लिग भरका लागि अनुबन्ध गरिएको क्लबले जनाएको छ ।

लालरम्माविया मिजोरम लिग सकिएलगत्तै थ्री स्टारमा अनुबन्धित भएका हुन् । लालरम्माविया फरवार्ड हुन् । सन्जोक र निशानले गत सिजन च्यासलबाट लिग खेलेका थिए ।

सन्जोक र निशान भने ६ महिनाको कारवाही पुरा गर्दै फुटबलमा फर्कन लागेका हुन् । गत सिजन च्यासलमा अनुबन्धित रहेकै अवस्थामा झापा–११ बाट मोफसल प्रतियोगिता खेलेको कारण उनीहरुलाई ६ महिनाको कारबाही गरिएको थियो ।

अनुबन्धित तीनै खेलाडीले मनाङविरुद्ध शनिबार हुने खेलमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ । उनीहरु छनोटका लागि उपलब्ध भइसकेका छन् । सन्जोक यसअघि राष्ट्रिय टोलीकै क्याम्पमा समेत परिसकेका थिए ।

औसतको प्रदर्शन गरिरहेको थ्री स्टार मनाङलाई पराजित गर्दै शीर्षस्थानको आर्मी र मछिन्द्रसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । मनाङविरुद्ध जित हात पार्न सके थ्री स्टार उपाधि दावेदारितामा उभिनेछ । पराजित भएके अवस्थामा भने उपाधि यात्रा झिनो बन्नेछ ।

थ्री स्टारसँग कप्तान बिक्रम लामा, अनन्त तामाङ, मिक्छेन तामाङ, गोलरक्षक प्रिसो, रुपेश केसी र सुशिल राई जस्ता खेलाडीहरुको साथ रहेको छ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.