default_image

4 years ago

January 20, 2020

बगर भाई सेतोको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद) – बगर भाई सेतोले पोखराको सामाजिक संस्था बगर भाईखलकको आयोजनामा तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड फुटबल प्रतियोगिता विजयी सुरुवात गरेको छ । उदघाटन खेलमा सोमबार बगर भाइ खलक सेतोले महाविर स्पोर्टस क्लब हेटौंडालाई ४–१ गोलले हरायो । विजयी टोलीका मनोज गुरुङले ह्याट्रिक पुरा गरे । मनोजले […]

32 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बगर भाई सेतोले पोखराको सामाजिक संस्था बगर भाईखलकको आयोजनामा तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड फुटबल प्रतियोगिता विजयी सुरुवात गरेको छ ।

उदघाटन खेलमा सोमबार बगर भाइ खलक सेतोले महाविर स्पोर्टस क्लब हेटौंडालाई ४–१ गोलले हरायो । विजयी टोलीका मनोज गुरुङले ह्याट्रिक पुरा गरे । मनोजले पहिलो, सातौं र ५० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । अर्को गोल २५ औं मिनेटमा दिपक गर्वुजा पुनले गरे । महाविरका लागि अजय मानन्धरले एक गोल फर्काए ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नर देवी पुनले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिबद्ध रहेको जनाइन । उनले टुँडीखेल खेल मैदानको स्त्तरन्नतीका लागि प्रदेश सरकारले सहयोग गर्ने बताइन ।

भुतपूर्व खेलाडी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाई खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । वगर भाईखलकले संस्थापक अध्यक्ष रानाभाटलाई ताम्रपत्र, दोसल्ला र मालाले सम्मान गरिएको थियो गरेको हो । सामाजिक बिकास मन्त्री पुनले उनलाई सम्मान गरिन् ।

बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद कृष्ण थापा, संस्थाका महासचिब याम बहादुर गुरुङ लगाएतले संस्थाले खेलकुद रसमाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै प्रशंसा गरेका थिए ।

माघ ११ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ११ हजार र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा मंगलबार ७ खेल

  • बगर भाइ खल पहेलो विरुद्ध वुटवल भेट्रान
  • टि वर्गर जावलाखेल विरुद्ध सिमरा भेट्रान
  • धनिमञ्डल विरुद्ध विरगञ्ज यूथ एकेडेमी
  • हेटौंडा भेट्रान विरुद्ध दिप यूनाइटेड
  • चितवन निलो विरुद्ध एक्स पोखरा भेट्रान
  • हेटौडा भेट्रान निलो विरुद्ध ऋंखला क्लब भलाम
  • चाबहिल स्पोर्टस काठमाडौं विरुद्ध लेकसाइड भेट्रान

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.