default_image

4 years ago

January 21, 2020

रियलमा ब्राजिलियन मिडफिल्डर भित्रिए

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा मिडफिल्डर रेनीअर जेससलाई झन्डै ३० मिलियन युरो खर्चेर अनुबन्ध गरेको छ । रियलले रेनीअरसँग यसअघि नै मौखिक सम्झौता गरेको थियो । त्यसै अनुरुप सोमबार उनी औपचारिक रुपमा रियालमा अनुबन्धित भएका हुन् । रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए । बार्सिलोना, एटलेटिको म्याड्रिड, […]

50 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा मिडफिल्डर रेनीअर जेससलाई झन्डै ३० मिलियन युरो खर्चेर अनुबन्ध गरेको छ ।

रियलले रेनीअरसँग यसअघि नै मौखिक सम्झौता गरेको थियो । त्यसै अनुरुप सोमबार उनी औपचारिक रुपमा रियालमा अनुबन्धित भएका हुन् । रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए । बार्सिलोना, एटलेटिको म्याड्रिड, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेनले फ्लामेंगोसँग सम्पर्क पनि गरेका थिए । तर रियलले क्लबलाई ३० मिलियन युरोको रिलिज क्लज तिर्ने बताएसँगै खेलाडीसँग पनि छलफल गरेको थियो ।

रियलले रेनीअरलाई अनुबन्ध गरेलगत्तै सिनियर टोलीमा भने नलग्ने भएको छ । उनले रियलको दोस्रो टोली कास्टिलामा रहेर खेल्नेछन् । यसअघि भिनिसियस जुनियर र रोड्रीगोले पनि सोहि अनुसार सिनियर टोलीको यात्रा तय गरेका थिए । कास्टिलामा रियलका पूर्वकप्तान राउल मुख्य प्रशिक्षक रहेका छन् ।

रियलले रेनीअरलाई हालको लागि नभएर भविष्यको लागि सोचेर अनुबन्ध गरेको बुझिएको छ । रेनीअर हाल ब्राजिलको यू-२३ टोलीसँग रहेर ओलम्पिक छनोटमा व्यस्त छन् । उनी उक्त प्रतियोगिता सकेपछि रियलको कास्टिला टोलीमा रहनेछन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.