default_image

4 years ago

January 22, 2020

राष्ट्रिय टोली र इग्ल्यान्ड ‘सी’ बीच मैत्रीपूर्ण खेल तय

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच दुई वटा मैत्रीपूर्ण खेल हुने औपचारिक सहमति भएको छ । सम्झौताका लागि इग्ल्यान्ड फुटबल एसोसिएसनका (एफए) लरेन्स जोन्स र एन्ड्रयू स सोमबार काठमाडौं आइपुगेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा बुधबार एन्फा अध्यक्ष र एफए प्रतिनिधि जोन्सले मे २५ र सन् […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच दुई वटा मैत्रीपूर्ण खेल हुने औपचारिक सहमति भएको छ । सम्झौताका लागि इग्ल्यान्ड फुटबल एसोसिएसनका (एफए) लरेन्स जोन्स र एन्ड्रयू स सोमबार काठमाडौं आइपुगेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा बुधबार एन्फा अध्यक्ष र एफए प्रतिनिधि जोन्सले मे २५ र सन् २०२१ मा अर्को मैत्रीपूर्ण खेल खेल्ने सम्झौतामा हस्ताक्षर गरे ।

होम एन्ड अवेमा हुने मैत्रीपूर्ण खेलको पहिलो खेल जेठ १२ गते मा इग्ल्यान्डमा हुनेछ । नेपालमा हुने खेलको भने मिति तय हुन बाँकी छ ।

एन्फा अध्यक्ष शेर्पाले सम्झौतालाई नेपाली फुटबल विकासको लागि अर्को एउटा राम्रो सुरुवात भएको बताएका छन् । उनले भविष्यमा अन्य कार्यक्रममा पनि सम्झौता हुने विश्वास व्यक्त गरे ।

नेपाली टोली र इग्ल्यान्ड ‘सी’ बीचको खेल अल्डरसट फुटबल मैदानमा हुनेछ । नेपाली ब्रिटिस गोर्खाहरुको बाक्लो बसाई रहेको ठाँउमध्ये अल्डरसट पर्दछ ।

एफए प्रतिनिधि जोन्सले प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेको बताएका छन् ।  एफएका अर्का प्रतिनिधि सले अल्डरसट फुटबल मैदान नेपालीका लागि घरेलु मैदान जस्तै भएको बताएका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.