default_image

4 years ago

January 24, 2020

अपराजित लिभरपुल उपाधितर्फ

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा बलियो पकड बनाएको छ । बिहीबार राति वल्भ्सलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै लिभरपुलले उपाधि यात्रालाई थप मजबुत बनाएको हो ।  लिगमा अपराजित लिभरपुलको २३ खेलबाट ६७ अंक पुगेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा १६ अंक बढी हो । लिभरपुलले अझै […]

72 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा बलियो पकड बनाएको छ । बिहीबार राति वल्भ्सलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै लिभरपुलले उपाधि यात्रालाई थप मजबुत बनाएको हो । 

लिगमा अपराजित लिभरपुलको २३ खेलबाट ६७ अंक पुगेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा १६ अंक बढी हो । लिभरपुलले अझै एक खेल कम खेलेको छ । सिटीको २४ खेलबाट ५१ अंक छ ।  लिगमा अपराजित रहने क्रममा लिभरपुलले २३ खेल खेल्दा २२ जित र १ बराबरीको नतिजा निकालेको छ । जुन क्लबको हालसम्मकै उच्च प्रदर्शन हो ।

मोलेनक्स स्टेडियममा लिभरपुलको जितमा जोर्डन हेन्डरसन र रोबर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका राउल जिमिनेजले एक गोल फर्काए ।
खेलको आठौं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको गोलबाट लिभरपुल खेलमा अघि बढेको थियो । हेन्डरसन टेन्ट्र एलेक्सन्डर अर्नाेल्डको कर्नरमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफको सुरुमै गोल खान पुगेको थियो । एडमाको क्रस पासमा राउल जिमिनेजले हेडरमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्राजिलियन फरवार्ड फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा पुनः २–१ को अग्रता दिलाए । जोर्डन हेन्डरसनको पासमा फिर्मिनोले पेनाल्टी बक्सभित्रबाट गोल गर्न सफल भए ।

त्यसपछि गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो । हारपछि वल्भ्स २४ खेलबाट ३४ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.