default_image

4 years ago

January 24, 2020

एन्फा कास्की अध्यक्ष गुरुङ पनि पक्राउ

30 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)–गण्डकी प्रदेशका सांसद दीपक मनाङेको नामले परिचित राजीव गुरुङ पक्राउ परेको भोली पल्ट शुक्रबार अखिल नेपाल फुटबल संघ –एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।

एन्फा अध्यक्ष गुरुङको उजुरीका आधारमा प्रहरीले बिहीबार सांसद मनाङेलाई पक्राउ गरेको थियो । एन्फा अध्यक्ष गुरुङ भने बैंकिङ कसुरमा गैरा पाटनबाट पक्राउ परेको कास्की जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् । ओम गौरा जोस्तेल प्रालिका हरि भक्त आचार्यको जहेरीमा प्रहरीले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई पक्राउ गरेको हो । गुरुङविरुद्ध क्रियटिभ अवार्ड हाउसका सन्चालक रामकृष्ण पौडेलले पनि उजुरी दर्ता गराएका थिए।

एन्फा अध्यक्ष बनेदेखि नै मिलन गुरुङ विवादमा पर्दै आएका छन् । आइतबार गुरुङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक पौडेलमाथि हातपात गरेका थिए । गुरुङले भने तोकिएभन्दा बढी मूल्यमा सामान बेचिरहेको र त्यसबारे कुरा राख्दा पसल धनी पौडेलले आइलाग्न खोजेपछि आफूले प्रतिवाद मात्र गरेको दाबी गरेका थिए । पौडेलले भने गत वर्ष एन्फा कास्कीले नै सञ्चालन गर्ने मनकामना केबुलकार कपको करिब १२ लाख रुपैयाँ बक्यौता रहेको र रकम माग गर्दा आफूमाथि जाइलागेको बताएका थिए।

गुरुङले हालै मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेदकुद (साग) अन्तर्गत पोखरामा भएको खेलमा पनि प्रदेश सांसद मोहन रेग्मीसँग झगडा गरेका थिए । सागमा खटिएका प्रहरीले नै उनीहरुलाई छुट्याउनु परेको थियो । एन्फा कास्कीले गर्दै आइरहेको मनकामना केबुलकार कपमा पनि हिसाबकिताब नदेखाएको र १ वर्षसम्म हिसाब बक्यौता राखेको भन्दै गुरुङ विवादमा तानिदै आएका छन् । अहिले मुख्यमन्त्री कपका विषयमा गण्डकी सांसद दीपक गुरुङ र एन्फा कास्कीका अध्यक्ष गुरुङबीच विवाद सुरु भएको थियो ।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

Success

Thank you for your time.