default_image

4 years ago

January 24, 2020

अनिता सम्मिलित सेथुको जित

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी सदस्य अनिता बस्नेत सम्मलित सेथु एफसीले भारतीय (आई) लिगमा विजयी सुरुवात गरेको छ । बैंगलोर रंगशालामा शुक्रबार भएको खेलमा साविक विजेता समेत रहेको सेथुले कोहलपुर सिटी एफसीलाई ५–० ले हराउँदै दमदार सुरुवात गरेको छ ।

सन्ध्याले ह्याट्रिक पुरा गरेको खेलमा अम्साभाल्ली र सुमिथ्राले समान २ गोल गरे । अम्साभालीले पाँचौैं मिनेटमा टोलीका लागि पहिलो गोल गरे भने सन्ध्याले ६१ औं मिनेटमा गोल गर्दै अन्तरले दोब्बर पारे । सुमिथ्राले ६४ औं मिनेटमा गोल गरिन् ।

सन्ध्याले ६६ औं र इन्जुरी समयको दोस्रो मिनेटमा गोल थप्दै ह्याट्रिक पुरा गरेकी थिइन् । अनिताले लगातार दोस्रो सिजन सेथुबाट खेल्न लागेकी हुन् । गत सिजन उनीसँगै राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीले पनि सोही क्लबबाट खेलेकी थिइन् ।

 

सावित्रा यो सिजन भने गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । उनको टोली बुधबार मात्र आई लिगका लागि छनोट भएको थियो । टोलीले ८–१ को जित निकाल्दा सावित्राले २ गोल गरेकी थिइन् । सावित्राको पहिलो खेल आइतबार रहेको छ ।

 

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.