9 years ago
July 7, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा केही समयपछि फ्रान्स र जर्मनी आमने सामने हुँदै छन् । दाबेदार मानिएको इटालीलाई टाइब्रेकरमा पाखा लगाउदै जर्मनीले सेमिफाइनलको यात्रा तय गरेको हो । आयोजक फ्रान्स भने आइसल्यान्डमाथि सहज जित हासिल गर्दै जर्मनीसँगको भेट पक्का गरेको थियो । जर्मनी र फ्रान्सबीचको विजेताले पोर्चुगलसँग फाइनल खेल्नेछ । पोर्चुगलले वेल्सलाई २–० ले हराएर फाइनलमा स्थान सुरक्षित पारिसकेको छ ।

सात पटक आयोजक राष्ट्रलाई ठुला प्रतियोगिताबाट बाहिर पठाउन सफल जर्मनी प्रतिबन्धमा रहेको म्याट हुमेल्स र चोटग्रस्त गोमेज र सामी खदिरा बिना मैदानमा उत्रिनेछ । घुडाको चोटबाट लामो समयदेखि पीडित बास्टियन स्वाइन्सटाइगर खेल्ने सम्भावना भने छ । आयोजक फ्रान्सका अडिल रामी डिफेन्समा र मिडफिल्डर एनगोलो कोन्टेपनि एक खेलको प्रतिबन्धपछि जर्मनीविरुद्ध उत्रनेछन् । सन् १९५८ पछि जर्मनीलाई ठुला प्रतियोगितामा हराउन नसकेको फ्रान्सको जर्मनीसँग युरोपियन च्याम्पिएन्सिपमा यो पहिलो भेट हो ।
फ्रान्स आफ्नो घरेलु मैदानमा समर्थकहरुको आशा पूरा गर्न तत्पर रहने छ भने जर्मनी २० बर्षदेखी युरो कप जित्न नसकेको खडेरी तोड्न प्रयत्नरत हुनेछ । फ्रान्सले आइसल्यान्डलाई ५–२ ले हराउँदै सेमिफाइनल यात्रा गर्दा ओलिभर जिरौड, एन्टिनो पोग्बा एन्टोनी ग्रिजम्यान र दिमित्री पायेटले गोल गरेका थिए । घाइते भएका मुख्य खेलाडीहरूले खेल गुमाउँदा पनि जर्मनी आत्मविश्वासी मुद्रामा छ । फ्रान्स पछिल्लो आठ खेलमा अपराजित छ भने जर्मनीलाई पछिल्लो ६ खेलमा कसैले हराउन सकेको छैन ।
जर्मनीका प्रशिक्षक जोचिम लोउले ४–२–३–१ को रणनीति बनाउन सक्नेछन् । उनले इटालीविरुद्ध ३–५–२ को रणनीति प्रयोग गरेर टोली मैदानमा उतारेका थिए ।
गोमेज आउट भएपछि विश्वकप फाइनलमा अर्जेन्टिनामाथि विजयी गोल गरेका मारियो गोइट्जेलाई थोमस मुलरका साथ फरवार्डलाइनमा खेलाउने सम्भावना छ ।
हुमेल्स निलम्बनमा परेपछि स्कोडार्न मुस्ताफी वा बेनिडिक्ट होवेड्स सेन्टर ब्याकमा जेरोम ोएटिङको साथी हुन सक्छन् ।
इटालीविरुद्ध जर्मनीको जस्तै विश्व च्याम्पियनसँग पनि फ्रान्सको स्मरणीय इतिहास छ । विश्वकप २०१४ को क्वार्टरफाइनलमा फ्रान्स जर्मन टोलीसँग पराजित भएको थियो । त्यतिबेला रियो द जेनेरियोमा हुमेल्सले पहिलो हाफमा हेड गोल गरेका थिए । त्यसअघि १९८२ को विश्वकप सेमिफाइनलमा पनि फ्रान्स पेनाल्टी सुटआउटमा जर्मनीसँग स्तब्ध भएको थियो ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]