पेरिस ( एजेन्सी ) । एन्टिनियो गृज्मेनको दुई गोलको मद्धत्ले आयोजक फ्रान्स जर्मनिलाइ २-० ले हराउदै युरो कपको फाइमलमा आइतबार पोर्चुगलसङ भिड्ने छ ।
पहिलो हाल्मा जर्मनिले खेलमा हावी हुँदै फ्रान्सलाइ दबाबमा राख्न सक्दा पनि पहिलो हाल्फ्को अन्तिम मिनेटको पेनाल्टिबाट फ्रान्सले अग्रता लियो । चोटबाट फर्किएका बास्टिएन स्वाइन्चिगरले डि बक्समा ह्याण्ड गरेपछी पाएको पेनाल्टिमा गोल गर्दै फ्रान्सले अग्रता लिएको हो ।
खेलको ७२ मिनेटमा गृज्मेनले पुन: गोल गर्दै आयोजकको जित पक्का गरे । पौल पोग्बाको क्रसमा निउर बिट भएपछी गृज्मेनले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर गरेका हुन ।
फाइनलमा फ्रान्सले आइतबार वेल्सलाइ हराउदै फाइनल पुगेको पोर्चुगलसङ प्रतिस्पर्धा गर्नेछ ।