default_image

4 years ago

January 27, 2020

रोनाल्डोको गोल, युभेन्टसको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको युभेन्टस पराजित भएको छ । सुपरस्टार फरवार्ड रोनाल्डोले गोल गरेपनि युभेन्टस घरेले टोली नेपोलीसँग २–१ ले पराजित भएको हो । हारपछि पनि युभेन्ट्सले शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक छ । युभेन्टसलाई पराजित गरेको नेपोलीको २७ अंक जोडेर […]

45 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको युभेन्टस पराजित भएको छ । सुपरस्टार फरवार्ड रोनाल्डोले गोल गरेपनि युभेन्टस घरेले टोली नेपोलीसँग २–१ ले पराजित भएको हो ।

हारपछि पनि युभेन्ट्सले शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक छ । युभेन्टसलाई पराजित गरेको नेपोलीको २७ अंक जोडेर १०औं स्थानमा छ । नेपोलीको मैदानमा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

पिओटर जिलिन्स्कीले ६३औं मिनेटमा गोल गर्दै घरेलु टोली नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन चार मिनेट बाँकी छँदा लोरेन्जो इनसिग्नीले जोसे मारिया कालीजोनको पासमा भली गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा रोनाल्डोले गोल गरेपनि युभेन्टसले हार टार्न सकेनन् । रोनाल्डो लगातार ८ लिग खेलमा गोल गर्दै युभेन्ट्सका पहिलो खेलाडी बने । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस नेपोलीसँग २–१ ले पराजित हुन पुग्यो ।

अर्काे खेलमा इन्टर मिलान घरेलु मैदानमा काग्लिएरीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । इन्टरले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । इन्टरका लोउटारो मार्टिनेजले २९औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा राड्जा नेइनगोलानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयमा मार्टिनेज दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि इन्टर १० खेलाडीमा समेटियो । बराबरीपछि मिलान २१ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थनमा यथावत छ । काग्लिएरी ३१ अंक जोडेर छैटौं स्थानमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.