default_image

4 years ago

January 28, 2020

सरस्वती र शेर्पाको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकाको तल्लो क्रममा रहेका यति हिमालयन शेर्पा र सरस्वती क्लबबीचको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको छ । सरस्वतीले दुई पटकको अग्रतालाई जोगाउन सकेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलकोखेलको पाँचौै मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए । निशान माझीको क्रसमा […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकाको तल्लो क्रममा रहेका यति हिमालयन शेर्पा र सरस्वती क्लबबीचको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको छ । सरस्वतीले दुई पटकको अग्रतालाई जोगाउन सकेन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलकोखेलको पाँचौै मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए । निशान माझीको क्रसमा विनोद केसीले प्रहार गरेपनि शेर्पाका कप्तान मान बहादुर तामाङले ब्लक गरेपनि पुर्ण बहादुर श्रेष्ठको क्रसमा बुसारीले गोल गरेका हुन् ।

१० औं मिनेटमा आशिष गुरुङले गोल गर्दै शेर्पालाई बराबरीमा ल्याए । रवि थापाको फ्रिकिकमा आशिषले हेडिङ गोल गर्न सफल भएका थिए । २० औं मिनेटमा शेर्पाका गोलरक्षक किशोर गिरीले सरस्वतीको प्रहारलाई मुस्किलले पञ्च गर्दै बचाए ।

३५औं मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए । बुसारीले अलरिच सिवेलाई बिट गर्दै दिएको उत्कृष्ट क्रस पासमा गोलरक्षक समेत विट भएको अवस्थामा विनोदले खाली पोस्टमा गोल गर्न सफल भएका थिए । ४५ औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । १४ टोलीको सहभागिता रहेको लिगमा शेर्पा १२ औं र सरस्वती पुछारमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.