default_image

4 years ago

January 28, 2020

अनिता सम्मिलित सेथुको हार

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली एवंम् एपिएफकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी भारतीय (आई ) लिगमा मंगलबार पराजित भएको छ । कर्नाटक रंगशालामा भएको खेलमा साविक विजेता समेत रहेको सेथु क्रिप्सा एफसीसँग २–० ले पराजित भएको थियो । सेथुले लिगको सुरुवात भने जितबाट गरेको थियो । शुक्रबार भएको खेलमा साविक विजेता समेत रहेको सेथुले […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली एवंम् एपिएफकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी भारतीय (आई ) लिगमा मंगलबार पराजित भएको छ ।

कर्नाटक रंगशालामा भएको खेलमा साविक विजेता समेत रहेको सेथु क्रिप्सा एफसीसँग २–० ले पराजित भएको थियो । सेथुले लिगको सुरुवात भने जितबाट गरेको थियो । शुक्रबार भएको खेलमा साविक विजेता समेत रहेको सेथुले कोहलपुर सिटी एफसीलाई ५–० ले हराउँदै दमदार सुरुवात गरेको छ ।

सेथुमा अनिताको यो लगातार दोस्रो वर्ष हो । गत वर्ष उनीसँगै राष्ट्रिय टोलीकै फरवार्ड सावित्रा भण्डारीले पनि खेलेकी थिइन् । यसपटक सावित्रा भने गोकुलम केरेला एफसीबाट खेलिरहेकी छिन् ।

यसअघि गोकुलमले भने सावित्राको ५ गोलसँगै केन्क्रे एफसीलाई १०–१ ले हराएको थियो । सावित्रा खेलको हिरो अफ दी म्याच चुनिएकी थिइन् ।

फागुन २ गते सम्म चल्ने आइ लिगमा गत वर्ष जस्तै १२ टोलीको सहभातिगा रहनेछ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरि राउन्ड रोविन लिग र त्यसमा शीर्ष २ मा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

आई लिगको यो चौथो संस्करणको समूह एमा बारोडा फुटबल एकेडेमी, बिबिके एफसी, एफसी कोहलपुर सिटी, किक स्ट्राट एफसी र साविक विजेता सेथु छन् । बैंगलोर युनाइटेड एफसी, विदेश ११ एफसी, ओडिसा पुलिस एफसी, केन्क्रे एफसी, श्री भूमि एफसी तथा गोकुलम छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.