default_image

4 years ago

January 28, 2020

त्रिवेणीलाई मुख्यमन्त्री कप फुटबल उपाधि

पोखरा (हाम्रो खेलकुद)- लमजुङको त्रिवेणी युवा क्लबले पहिलो गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलको उपाधि जितेको छ । मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरा लेखनाथस्थित भण्डारढिक खेल मैदानमा भएको फाइनलमा घरेलु आदर्श युवा क्लबलाई २–० ले पराजित गर्दै त्रिवेणीले उपाधि जितेको हो ।   त्रिवेणीको जितमा अस्विन गुरुङ र नवराज गुरुङले गोल गरे । खेलको १५ […]

19 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- लमजुङको त्रिवेणी युवा क्लबले पहिलो गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलको उपाधि जितेको छ । मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरा लेखनाथस्थित भण्डारढिक खेल मैदानमा भएको फाइनलमा घरेलु आदर्श युवा क्लबलाई २–० ले पराजित गर्दै त्रिवेणीले उपाधि जितेको हो ।

 

त्रिवेणीको जितमा अस्विन गुरुङ र नवराज गुरुङले गोल गरे । खेलको १५ औं मिनेटमा अस्विनको गोलबाट त्रिवेणीले अग्रता लियो । ५०औं मिनेटमा नवराज गुरुङले टोलीका लागि दोस्रो गोल अग्रता दोब्बर बनायो । घरेलु मैदान र दर्शकहरुको समर्थन पाएको कास्कीको आदर्श क्लबले फाइनलमा निराशालाग्दो खेल प्रदर्शन ग¥यो ।

उपाधिसँगै त्रिवेणीले ५ लाख र उपविजेता आदर्श क्लब कास्कीले ३ लाख रुपैया हात पा¥यो । आदर्श क्लबका सुमित श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्रिवेणीका आकाश रानाभाट उत्कृष्ट गोलरक्षक, त्रिवेणीकै अञ्जन देवकोटा उत्कृष्ट डिफेण्डर, आदर्शका सुमित श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, त्रिवेणीका नवराज गुरुङ उत्कृष्ट फरवार्ड घोषित भए । उनीहरुले समान ५ हजार रुपैया हात पारे ।

विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष एवं प्रतियोगिता संयोजक कृष्ण थापा लगायतले पुरस्कृत गरे । प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न ९ टिमले भाग लिएका थिए ।

सोही प्रतियोगिता उद्घाटनका बेला गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । जसका कारण खेलभन्दा झापड प्रकरणले चर्चा पायो । समापनका अवसरमा फुटबलका पूर्व राष्ट्रिय खेलाडी खेमबहादुर गुरुङलाई सम्मान गरिएको थियो । तत्कालीन गण्डकी अञ्चल फुटबल टिमको कप्तानी गरेका गुरुङलाई फुटबलको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक एन्फा गण्डकी प्रदेश समितिले जनाएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.