default_image

4 years ago

January 29, 2020

ज्लाटनको गोलसँगै मिलान सेमिफाइनलमा

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको निर्णायक गोलमा एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले अतिरिक्त समयमा टोरिनोमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानको जितमा हकान कल्हानोग्लुले दुई तथा जियाकोमो बोनाभेन्टुरा र ज्लाटनले समान १ गोल गरे । टोरिनोका […]

58 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको निर्णायक गोलमा एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले अतिरिक्त समयमा टोरिनोमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानको जितमा हकान कल्हानोग्लुले दुई तथा जियाकोमो बोनाभेन्टुरा र ज्लाटनले समान १ गोल गरे । टोरिनोका ग्लेइसेन ब्रेमेरले दुवै गोल गरेपनि हार टार्न सकेन ।

खेलको १२औं मिनेटमा जियाकोमो बोनाभेन्टुराले एन्टी रेविको पासमा गोल घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा ग्लेइसेन ब्रेमेरले सिमोन भर्डीको पासमा गोल गरेपछि पहिलो हाफ गोलको बराबरीमा टुंगिएको थियो ।

७१औं मिनेटमा ग्लेइसेन ब्रेमेरले ओला एइनाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि टोरिनो खेलमा अघि बढेको थियो । ९०औं मिनेटमा हकान कल्हानोग्लुले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएला थिए ।

अतिरिक्त समयको १६औं मिनेट (१०६) मा हकान कल्हानोग्लुले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई खेलमा ३–२ ले अघि बढाए । त्यसको दुई मिनेटपछि ज्लाटनले गोल गर्दै मिलानलाई ४–२ को जित दिलाए । खेलदौरान दुर्घटनामा ज्यान गुमाएका बास्केटबल खेलाडी कोबी ब्रायन्टलाई पनि श्रद्दान्जली अर्पण फरिएको थियो । कोबी मिलानका समर्थक रहेका थिए ।

अब सेमिफाइनलमा मिलानले इटालियन च्याम्पियन युभेन्टसको सामना गर्नेछ । युभेन्टसले यसअघि रोमालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अर्काे सेमिफाइनलमा नेपोलीले इन्टर मिलान वा फियोरेन्टिनाबीचको विजेतासँग खेल्नेछ । नेपोलीले लाजियोलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.