default_image

4 years ago

January 29, 2020

लेस्टरलाई हराउदै भिल्ला कारवाओ कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पराजित गर्दै एस्टन भिल्ला इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको  फाइनलमा प्रवेश गर्न सफल भएको छ । घरेलु मैदानमा लेस्टरलाई २–१ ले पराजित गर्दै भिल्लाले फाइनल यात्रा तय गरेको हो । समग्रमा भिल्लाले ३–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । पहिलो लेगमा भिल्ला लेस्टरसँग […]

24 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पराजित गर्दै एस्टन भिल्ला इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको  फाइनलमा प्रवेश गर्न सफल भएको छ । घरेलु मैदानमा लेस्टरलाई २–१ ले पराजित गर्दै भिल्लाले फाइनल यात्रा तय गरेको हो ।

समग्रमा भिल्लाले ३–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । पहिलो लेगमा भिल्ला लेस्टरसँग १–० ले पछि परेको थियो । घरेलु मैदान भिल्ला पार्क बर्मिङघममा मंगलबार राति भएको खेलमा भिल्लाको जितमा माट टारगेट र ट्रेजीग्वेटले गोल गरे । लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा माट टारगेटको गोलबाट लेस्टरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । उनले ज्याक ग्रियालिसको पास गोल गर्न सफल भएको थियो । ७२औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले हार्वे वारनेसको पासमा गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयमा ट्रेजीग्वेटले एहमेद अल महामादीको पासमा गोल गर्दै भिल्लाको २–१ को जित पक्का गरे । त्यसपछि थप गोल निस्कन नसक्दा भिल्लाले समग्रमा ३–२ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।

अर्काे सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गरेको थियो । दोस्रो लेग आज राति सिटीको मैदानमा हुदैछ । फाइनल पुग्न सिटीलाई बराबरी पर्याप्त रहँदा युनाइटेडलाई फाइनल प्रवेशको लागि कम्तीमा पनि ३–० को जित आवश्यक छ ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.